रुपन्देही। स्थानीय एक महिलालाई जब्बरजस्ती करणी गरेको आरोपमा रुपन्देहीको एक गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला रहेका छन् ।
रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार स्थानीय एक महिलाको उजुरीका आधारमा उनलाई बिहीबार नियन्त्रणमा लिइएको हो । महिलाले दिएको उजुरीको आधारमा पक्राउ परेका अध्यक्ष शुक्लामाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी थापाले जानकारी दिएका छन् ।
स्थानीय ३० वर्षीया महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालय भैरहवामा जबरजस्ती करणी उद्योग गरेको भन्दै उजुरी दिएपछि शुक्ला पक्राउ परेका हुन् ।उजुरीका आधारमा शुक्लालाई बिहीबार दिउँसो २ बजे पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij