आज नागपन्चमी पर्व, घरघरमा तथा नागपोखरी र नाग थान हरुमा नागको पुजाअर्चना गरी मनाइँदैछ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन घरको मूलढोकामा नागको चित्र टाँसी पूजा गर्ने परम्परा छ । विभिन्न आठ प्रकारका नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाउनुका साथै आफ्ना कुल नागका थानमा विशेष पूजा गरी खीर, रोटी लगायतका प्रसाद चढाउने गरिन्छ । आजको दिन घरको ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा हुने शास्त्रीय मान्यता रहेको
यो दिनको विषययमा थुप्रै प्रकारका कथाहरु प्रचलित छन् । यी थुप्रै कथाहरुमध्ये कुनै एकको वाचन गर्नु अथवा श्रवण गर्नु निकै लाभकारी मानिन्छ । नाग पञ्चमीको इतिहासः प्राचिन नेपाली संस्कृतिमा शिवले सर्पलाई आफ्नो घाँटीमा राखेर र विष्णुले शेष–शयन गरेर नागको महत्वलाई दर्शाएका छन् । देवता– दैत्यद्वा रा गरिएको समुन्द्र मन्थनमा साधनको रुप बनेर बासुकी नागले जनहितका लागि निकै ठूलो काम गरेका थिए । श्रीकृष्णले यमुनालाई काली नागबाट मुक्त र शुद्ध गरेका थिए ।
हाम्रो धर्ती शेष नागको फन्कोमाथि टिकेको छ भन्ने कुरा विभिन्न पुराणहरुमा उल्लेख गरिएको छ । नाग पञ्चमीको उत्सवः पुराणमा बताइए अनुसार यदि कुनै व्यक्तिले एक वर्षमा एक दिन पनि नागको पूजा गर्न सकेका छैनन् भने उनीहरुले साउन कृष्ण एवं शुक्लपञ्चमी जसलाई नाग पञ्चमी भनेर पनि चिनिन्छ, यो दिनमा पूजा गर्दा नाग प्रसन्न हुने गर्दछन् । नागहरुलाई खुसी पार्नका लागि गाईको गोबरले आफ्नो मूल ढोकामाथि नागको आकृति भएको फोटो टाँस्नुहोस् । त्यसपछि दूध, दहि, फूल, अक्षता, कुश आदि सामग्रीले नागको पूजा गर्नुहोस् नाग देवतालाई चन्दनको सुगन्ध विशेष प्रिय हुने भएका कारण पूजा गर्दा चन्दनको प्रयोग गर्नुहोस् । यो दिनको पूजामा सेतो कमलको प्रयोग पनि गर्ने गरिन्छ । नागलाई पूजा गरिसकेपछि पाँचजना ब्राह्मणहरुलाई भोजन गराउँनु निकै राम्रो मानिन्छ यो विशेष दिनमा खानामा नुनको प्रयोग नगर्दा राम्रो मानिन्छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij