बुटवल । लुम्बिनी प्रदेश सरकारले मुटु,मिर्गौला तथा क्यान्सर रोगका विरामीहरुलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बिहिबार कुल प्रसाद केसीको नेतृत्वमा गठित मन्त्रीपरिषदको पहिलो बैठकले मुटु,मिर्गौला तथा क्यान्सर रोगका विरामीहरुलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए ।
लुम्बिनी प्रदेश सरकारले गरेका ८ निर्णय
१.प्रदेश नं प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली, २०६५ स्वीकृत गर्ने ।
२. कोभिड -१९ का विरामीको तत्काल उद्दार गर्न हटलाइन र सवारीसाधन (एम्बुलेन्स) को व्यवस्था गर्ने र सो को खर्च प्रदेश सरकारले व्यहोर्ने ।
३.कोराना प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर मार्फत एण्टीजेन टेष्टको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्धार गर्ने ।
४.कोभिड- १९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशवासी जनतालाई खोपको सुनिश्चितता गर्न विशेष व्यवस्था गर्ने।
५.प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्कालाई तोक्ने ।
६. मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा अमर बहादुर डाँगीलाई नियुक्त गर्ने ।
७. क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फेर्नु पर्ने विरामीहरुलाई उपचारका लागि हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फवाट थप २ लाखका दरले उपलब्ध गराउने ।
८. मातृमृत्यूदर कमगर्न लुम्बिनी प्रदेशका स्थानीय तहको भागको आधारमा एकएक वटा पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहित तालिम प्राप्त नर्सको उपलब्ध गराउने ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij