मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

स्याललाई हानेको गोली लागेर आफ्नै छोराको मृत्यु

स्याललाई हानेको गोली लागेर आफ्नै छोराको मृत्यु

images
  • 704
    SHARES

  • images
    images
    images
    स्याललाई हानेको गोली लागेर आफ्नै छोराको मृत्यु
    images
    images
    images

    पाल्पा। पाल्पामा पिताले भरुवा बन्दुकले गोली हान्दा त्यो गोली छोरालाई लागेर छोराको मृत्यु भएको छ । भरुवा बन्दुकले स्याललाई मार्ने क्रममा झुक्किएर गोली लागेपछि छोराको मृत्यु भएको हो ।

    रिब्दीकोट गाउँपालिका–६, तल्लो ताल बस्ने ५६ वर्षका कर्णबहादुर लम्तरीले घर नजिकैको बारीमा आएको स्याललाई मार्न भनेर गोली हान्दा त्यो गोली छोराको छाउकोमा लागेर आफ्नै ३५ वर्षका छोरा धनबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार शुक्रबार साँझ ६ बजेतिर घरदेखि १०० मिटर परको जङ््गलमा स्याल मार्ने क्रममा बन्दुकको गोली छोराको टाउकोमा लागेर छोराको मृत्यु भएको हो । प्रहरीले बुवा कर्णबहादुर र घटनामा प्रयोग भएको बन्दुक नियन्त्रणमा लिएर अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, श्रावण ३० २०७८०४:२१:३१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij