मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आगामी निर्वाचनमा माओवादी केन्द्र देशको प्रमुख शक्ति

आगामी निर्वाचनमा माओवादी केन्द्र देशको प्रमुख शक्ति

images
  • 501
    SHARES

  • images
    images
    images
    आगामी निर्वाचनमा माओवादी केन्द्र देशको प्रमुख शक्ति
    images
    images
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने आधार तयार भएको दाबी गरेका छन् ।

    शनिबार काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टीलाई प्रमुख शक्ति बनाउने गरी तयारी थालिएको बताए ।

    images
    images
    images

    बैठकमा समसामयिक परिस्थितिबारे ‘संक्षिप्त रिपोर्टिङ’ गर्ने क्रममा प्रचण्डले भने, ‘आगामी निर्वाचनसम्म आउँदा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना छ ।’

    पछिल्ला राजनीतिक घटनाक्रममा माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको हुनाले चुनावमा प्रमुख शक्ति बन्ने राजनीतिक आधार तयार भएको प्रचण्डको विश्लेषण छ । तर, यसका लागि अब यो राजनीतिक पहललाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न बाँकी रहेको उनले बताएका छन् ।

    प्रचण्डले अगाडि भने, ‘प्रतिगमनलाई रोक्ने यात्रा अघि बढाउनुछ । अभियान लिएर संगठन र जनमत निर्माण गर्ने काम गर्न जरुरी छ ।’
     

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij