मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

करोडौँको कर्जा लिई फरार व्यक्तिलाई पोर्चुगलबाट झिकाइयो

करोडौँको कर्जा लिई फरार व्यक्तिलाई पोर्चुगलबाट झिकाइयो

images
  • 314
    SHARES

  • images
    images
    images
    करोडौँको कर्जा लिई फरार व्यक्तिलाई पोर्चुगलबाट झिकाइयो
    images
    images
    images

    काठमाडौँ । बैंकिङ तथा कीर्ते लिखत बनाई झण्डै तीन करोड कर्जा लिएको कसुरमा संलग्न रही फरार भएका एक व्यक्तिलाई पोर्चुगलबाट झिकाइ कारवाही प्रक्रिया अघि बढाइएको छ। काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ बस्ने ४३ वर्षीय केदार ढुङ्गानालाई इन्टरपोलको सहयोगमा झिकाइएको प्रहरीको केन्द्रय अनुसन्धान ब्युरोले जनाएको छ। उनलाई आज काठमाडौँ ल्याइएको र आइतबार ललितपुर जिल्ला अदालतमा बुझाइने ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए। 

    ललितपुर जिल्ला अदालतले विसं २०७७ पुस २० को फैसलाले सरकारी छाप तथा दस्तखत कीर्ते हालको मुलुकी अपराध संहिता, २०७४ को लिखतसम्बन्धी कसुर लगायत १० वटा मुद्दामा उनलाई १० वर्ष कैद र सात लाख जरिवाना हुने ठहर गरेको थियो। 

    images
    images
    images

    उक्त मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका प्रतिवादीको बयानबाट ढुङ्गानाको संलग्नता रहेको खुल्न आएपश्चात् विसं २०७५ पुस ४ गते पक्राउ अनुमति लिइ खोजी शुरु गरिएको थियो । त्यसबेला उनी नेपालमा फेला नपरेको र संयुक्त अरब इमिरेट्समा रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

    उनीविरुद्ध अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न विसं २०७५ पुस १७ गते डिफ्युजन जारी भएको र उक्त डिफ्युजन २०७८ वैशाख ३१ गते रेड कर्नर नोटिसमा रुपान्तरण भएको थियो। खोजीका क्रममा उनले पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिएको जानकारी विसं २०७७ जेठ १६ गते प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    प्रहरीको इन्टरपोल शाखाले पोर्चुगलको ‘नेशनल सेन्ट्रल ब्युरो’सँगको समन्वयमा पोर्चुगलबाट पक्राउ गरी आज नेपाल ल्याइएको ब्युरोले जनाइएको छ। उनीसहित १२ जनाले काठमाडौँ र ललितपुरका बैंकमा सवारीसाधन सुरक्षणबापत बैंकका नाममा पास गरी सवारीसाधन कर्जास्वरुप दुई करोड ७१ लाख ७६ हजार रकम लिएका थिए। बैंकको कर्जा नबुझाएपछि लिलामी गर्ने प्रयोजनका लागि बैंकले यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा उक्त सवारीसाधन बैंकका नाममा नरहेको जानकारी आएको थियो। 

    त्यसपश्चात् प्रतिवादीले बैंकलाई हानि नोक्सानी पु¥याउने कार्य गरेको देखिन आएकाले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कारवाही गर्न उक्त ब्युरोमा २०७५ मङ्सिर २१ गते जाहेरी परेको थियो। अनुसन्धानका क्रममा ढुङ्गानासमेतले सवारी दर्ता प्रमाणपत्रसमेतका कागजात कीर्ते बनाई पेश गरेको खुल्न आएको थियो। 

    उनीहरूले सरकारी छाप तथा दस्तखत कीर्ते कसुर शीर्षकमा काठमाडौँ जिल्ला अदालतमा पाँच र ललितपुर जिल्ला अदालतमा १० मुद्दा दायर भएकामा ललितपुर जिल्ला अदालतबाट १० वटै मुद्दा फैसला गरी प्रतिवादी ढुङ्गानासमेतका कसुरमा संलग्न प्रतिवादीलाई प्रत्येक मुद्दामा एक वर्ष कैद र रु ७० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो। काठमाडौँ जिल्ला अदालतमा दायर भएका लिखतसम्बन्धी कसुरमा पाँच वटा मुद्दा र उच्च अदालत, पाटनमा दायर भएका बैंकिङ कसुरसम्बन्धी १६ वटा मुद्दा विचाराधीन छ। रासस

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, श्रावण ३० २०७८०९:१४:०९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij