मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

एक सय रुपैंया घुस दिएर प्रलोभनमा पार्न खोज्ने ३ जना प्रहरी हिरासतमा

एक सय रुपैंया घुस दिएर प्रलोभनमा पार्न खोज्ने ३ जना प्रहरी हिरासतमा

images
  • 541
    SHARES

  • images
    images
    images
    एक सय रुपैंया घुस दिएर प्रलोभनमा पार्न खोज्ने ३ जना प्रहरी हिरासतमा
    images
    images
    images

    उदयपुर । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ। डिउटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर एक सय रुपैयाँ घुस दिंदा सिन्धुलीमा तीनजना सवारी चालक र सहचालक प्रहरी नियन्त्रणमा परेका हुन्। 

    शनिबार उदयपुरबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ३०७८ नम्बरको हायस समय अघि नै खुर्कोट चेकपोष्टमा पुगी टामइमकार्ड इन्ट्री गराउने क्रममा प्रहरीलाई एक सय रुपैयाँ घुस खुवाउन खोज्दा उक्त हायसका चालक गाईघाट नगरपालिका ११ उदयपुरका वर्ष २८ का मनोजकुमार तामाङ प्रहरी नियन्त्रणमा परेका हुन्। 

    images
    images
    images

    यस्तै हायसका सहचालक महोत्तरी नगरपालिका १० का वर्ष १९ का सुनिल शाहलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा डिएसपी मनोजकुमार लामाले जानकारी दिए। सहचालक शाहले टाइम कार्ड भित्र एक सय रुपैयाँ राखेर प्रहरीलाई घुस दिएर समय मिलाउन खोजेका थिए।

    उता काठमाडौंबाट उदयपुरतर्फ जाँदै गरेको बा ३ ख ७४६८ नम्बरको बसका सहचालक कटारी नगरपालिका २ उदयपुरका २० वर्षका पदम लगुन समेत पक्राउ परेका छन्। ‘कमलामाई नगरपालिका ६ माझिटार स्थित ट्राफिक चेक पोष्टमा बस इन्ट्री गराई टाइम कार्ड रेकर्ड गराउने क्रममा प्रहरी जवान लखनप्रसाद यादवलाई पाँच सय रुपैयाँ घुस दिन खोज्दा लगुनलाई नियन्त्रणमा लिइएको हो’, लामाले भने।

    पक्राउ गरेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखेर आवश्यक अनुशन्धान कार्य सुरु गरिएको छ। बीपी राजमार्गमा दुर्घटना कम गराउँदा सिन्धुलीको भिमानदेखि नेपाल थोकसम्म टाइमकार्ड लागु गरिएको छ। 

    तीव्र गतिमा सवारी संचालन गर्ने र निर्धारीत स्पीडभन्दा पहिला नै चेक पोष्टमा पुग्ने सवारी साधनले प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर टाइम मिलाउने गरेको पाइएको छ।यो समाचार आजको अन्नपुर्णपोस्ट दैनिकमा प्रकाशित छ । 

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, श्रावण ३१ २०७८०८:२५:१७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij