मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

‘अफगानिस्तानमा युद्ध सकियो' अब विदेशी शक्तिहरू खेल्न सक्दैनन्:तालिबान

‘अफगानिस्तानमा युद्ध सकियो' अब विदेशी शक्तिहरू खेल्न सक्दैनन्:तालिबान

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    ‘अफगानिस्तानमा युद्ध सकियो' अब विदेशी शक्तिहरू खेल्न सक्दैनन्:तालिबान
    images
    images
    images

    काबुल ।अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा आएपछि विद्रोही समूह तालिबानले विजय प्राप्त भएको दाबी गरेको छ ।

    तालिबानको राजनीतिक ब्यूरो प्रमुख मुल्लाह अब्दुल गानी बाराडरले भिडियो सन्देशमार्फत अब छिट्टै बैठक बसेर अफगानिस्तानका समस्याहरू हल गर्न थालिने बताए । उनले ‘अफगानिस्तानमा युद्ध सकिएको’ बताएका छन् ।

    images
    images
    images

    ‘हामीले चाहेको कुरा प्राप्त गरेका छौँ’, उनले भनेका छन्, ‘हाम्रो मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता ।’

    उनले अब अफगानिस्तानमा विदेशी शक्तिहरू खेल्न नसक्ने दाबी गरेका छन् ।

    यसैबीच तालिबान राजधानी काबुल प्रवेश गरेसँगै राष्ट्रपति अशरफ गानीले मुलुक छाडिसकेका छन् । उनी उज्वेकिस्तानतर्फ गएको बताइएको छ ।

    उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनै विद्रोहीको भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

    अमेरिकी नेतृत्वको फौजले देश छाडेलगत्तै २० वर्षपछि त्यहाँ तालिबान फर्केको अवस्थाले कैयौँ अफगानहरू त्रसित बनेका छन्।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, श्रावण ३२ २०७८०८:२२:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij