मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपाली कतार हुँदै काठमाडौं आइपुगे

अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपाली कतार हुँदै काठमाडौं आइपुगे

images
  • 477
    SHARES

  • images
    images
    images
    अफगानिस्तानबाट उद्धार गरिएका १२७ नेपाली कतार हुँदै काठमाडौं आइपुगे
    images
    images
    images

    अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ जना नेपाली काडमाडौं आइपुगेका छन्। केहीबेर अगाडि मात्र उनीहरु सवार विमान त्रिभुवन विमास्थल अवतरण गरेको हो।

    नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कुवेतबाट १२७ नेपाली लिएर जजिरा एयरलाइन्सको विमान काठमाडौं अवतरण गरेको छ।

    images
    images
    images

    अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई दोहा, कुवेतलगायत देशमा ल्याएर राखिएको छ। अहिले कुवेतमा रहेका नेपालीलाई स्वदेश फर्काइएको हो।

    सोमबार मात्र सरकारले अफगानिस्तानमा फसेका नेपालीको तत्काल उद्धार गरिने बताएको थियो। यसैबीच अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले स्वदेश फर्किनका लागि आफ्नो विवरण दर्ता गराएका छन्। कन्सुलर सेवा विभागको वेबपोर्टलमा हिजो बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका हुन्।

    परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुलाई एक वा दुई दिनमै स्वदेश फर्काउने तयारी छ। मन्त्रालयले गठन गरेको कार्यदलले यसअघि विवरण संकलन गर्ने निर्णय गरेको थियो।

    रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको अवस्था यकिन गरि आवश्यक समन्वयका साथ उद्धारका काम गर्न समिति गठन गरिएको थियो।

    विभागको वेबसाइट, मोबाइल नम्बर तथा भाइबर, ह्वाट्सएपमार्फत विवरण संकलनको काम थालिएको छ। साथै, मन्त्रालयले उपलब्ध गराएको नम्बर र सामाजिक सञ्जालमा विवरण टिपाउन मन्त्रालयले सम्बन्धित व्यक्ति र परिवारका सदस्यलाई अनुरोध समेत गरेको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, भाद्र १ २०७८११:५१:०७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij