मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लुम्बिनी प्रदेश सभा :एमाले सांसदको बिरोध पछि ६ मिनेटमै स्थगित

लुम्बिनी प्रदेश सभा :एमाले सांसदको बिरोध पछि ६ मिनेटमै स्थगित

images
  • 399
    SHARES

  • images
    images
    images
    लुम्बिनी प्रदेश सभा :एमाले सांसदको बिरोध पछि ६ मिनेटमै स्थगित
    images
    images
    images

    बुटवल। प्रमुख विपक्षी दल नेकपा (एमाले)को विरोधपछि लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठक स्थगित भएको छ। 

    मंगलबार बसेको बैठकमा एमालेका प्रदेश सभा सदस्यहरुले उठेर बिरोध गरेपछि सभामुख पूर्णबहादुर घर्तीले मंगलबार दिउसो २ बजेम्मको लागि बैठक स्थगित गरेका हुन् ।सूर्य चिन्ह लिएर चुनाव जितेका २ सांसदलाई कारवाही गरिएको सूचना सुनाउनु पर्ने माग गर्दै एमालेले अबरोध गरेका हुन् । अवरोधका बाबजुत सभामुखले प्रदेशसभा आह्वानको पत्र र मन्त्रीपरिषद् गठनको पत्र पढेर सुनाउदा एमाले प्रदेश सभा सदस्यहरुले टेवल ठोकेर बिरोध जनाएका थिए ।

    images
    images
    images

    एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले एमालेबाट अनुशासनकाे कारवाहीमा परेका २ सांसदलाई पदमुक्त गरिएकाे सूचना नसुनाए सम्म बैठक चल्न नसक्ने बताएका थिए । सभामुख घर्तीले प्रक्रिया अनुसार निर्णय हुने भन्दै बैठक अगाडी बढाएका थिए । बैठक प्रारम्भ गर्दै एमालेको अवरोधकै बीचमा सभामुख घर्तीले प्रदेश प्रमुखको प्रदेशसभा अधिवेशन र मन्त्रिपरिषद गठन सम्बन्धी पत्र पढेर सुनाएका थिए । एमालेका सांसदहरुले उठेर लगातार अवरोध जनाएपछि सभामुख घर्तीले बैठक स्थगित गरेका हुन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij