देवदह। कराँतेका खेलाडी तथा प्रशिक्षक स्वर्गीय केशव प्रधानको स्मृतिमा सोक सभा गरिएको छ। २०७४ साल भदौ १ गते सडक दुर्घटनामा परि निधन भएका केशव प्रधानको चौथो स्मृतिमा शोक सभा गरिएको हो।
देवदह सितोरियो कराते द्वारा आयोजित स्व प्रधानको स्मृतिमा देवदह खाने पनि तथा सरसफाई संस्थाका अध्यक्ष गुमन सिंह कुँवर,बन्धु कुमाल,केशव प्रधानकी धर्म पत्नी तारा प्रधान,युवा नेता कृष्ण राज पौडेल,नगर खेलकुद विकास समितिका सदस्य विकास गहतराज,हिरा थापा,ऋषिराम सापकोटा,प्रशिक्षक शोभाखर पन्थ,योगेश प्रधान तथा सितोरियो करातेका नगर तथा जिल्ला स्तरका खेलाडी र प्रशिक्षकको सहभागिता रहेको थियो।
प्रधानको स्मृतिमा निकट भविष्यमै जिल्ला स्तरीय कराते प्रतियोगिता राख्ने योजना रहेको करातेका प्रशिक्षक तथा भतिज योगेश प्रधानले जानकारी दिनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij