मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नयाँ दल दर्ताको तयारीमा रहेको माधव समूह राष्ट्रपतिको निर्णय कुर्दै

नयाँ दल दर्ताको तयारीमा रहेको माधव समूह राष्ट्रपतिको निर्णय कुर्दै

images
  • 255
    SHARES

  • images
    images
    images
    नयाँ दल दर्ताको तयारीमा रहेको माधव समूह राष्ट्रपतिको निर्णय कुर्दै
    images
    images
    images

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह नयाँ दल दर्ताको तयारीमा जुटेको छ ।

    नयाँ दल दर्ता तयारीका लागि आज (बुधबार) बिहान नेता नेपाल समूहका स्थायी कमिटि सदस्यहरुबीच छलफल भएको छ । छलफलमा नयाँ दल दर्ताको गर्न एकमत भइसकेको स्रोतको दावी छ । नयाँ दल दर्ताका लागि निर्णय गर्न दिउँसो केन्द्रीय कमिटी र सांसदहरुको बैठक तय भएको बताइएको छ ।

    images
    images
    images

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि वरिष्ठ नेता नेपाल समूह नयाँ दल दर्ताको तयारी जुटेको हो ।

    ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ । नेता नेपाल पनि  ओली एकताका लागि तयार भए दल विभाजन गर्ने पक्ष नरहेकाे नेताहरूकाे भनाइ छ ।  तर, ओलीले पेलेर जाने संकेत गरेपछि नेता नेपाल समूह नयाँ दल दर्ताको तयारीमा लागेको हो ।

    विगतका निर्णयहरू ओलीले मंगलबारसम्म नसच्याए फुटको औपचारिक प्रक्रिया सुरु हुने नेपाल समूहले हिजै प्रष्ट पारेको थियो । नेपाल समूहको मंगलबार बसेको सांसदहरुको बैठकले ओलीले गरेको एकलौटी निर्णय फिर्ता नलिए औपचारिक प्रक्रिया सुरु हुने निष्कर्ष निकालेको थियो ।

    नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नयाँ दल दर्ता गर्ने बताइएको छ ।

    सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए पार्टी फुटाउन सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, भाद्र २ २०७८११:०२:१४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij