काठमाडौं । जनता समाजवादी पार्टीमा असन्तुष्ट रहेको महन्थ ठाकुर समूहले नयाँ पार्टी गठन गर्ने भएको छ । ठाकुर पक्षको बुधबारको बैठकले पार्टीको नाम टुंगो लगाएको हो ।
जसपाका नेता शरतसिंह भण्डारीका अनुसार पार्टीको नाम 'जसपा नेपाल लोकतान्त्रिक' राख्ने निर्णय भएको छ । उनले भने, 'पार्टीको नाम टुंगो लागेको छ । जसपा नेपाला लोकतान्त्रिक राख्ने भयौं । कति पदाधिकारी हुने र कति सदस्यीय केन्द्रीय कमिटी बनाउने देखि संगठन संरचना कस्तो हुने भन्नेबारे छलफल जारी रहेको छ ।'
माधव नेपाल पक्ष बैठक बस्दै
रास्ट्रपतिले अध्यादेश जारी गरे पछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक सुरु भएको छ ।राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेपाल पक्षको छलफल सुरु भएको हो ।
सहज रुपमा नयाँ दल गठन गर्न मिल्नेगरी ल्याइएको अध्यादेशपछि नेपाल पक्षले नयाँ बानेश्वरस्थित एक होटलमा निर्णायक बैठक सुरु भएको हो ।आजको बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्य तथा सांसदहरुको उपस्थिती रहेको छ । राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भएसँगै वरिष्ठ नेता नेपाल पनि बैठकमा सहभागी भएका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij