बुटवल । लुम्बिनी प्रदेश सभामाका नेकपा एमालेका सांसदहरू माधवकुमार नेपालको नयाँ पार्टी नेकपा एमाले समाजवादीमा तत्काल नजाने भएका छन्।यसअघि नेता नेपाल पक्षमा रहेका प्रदेश सभा सदस्य विष्णु पन्थी र रमा घर्ती अहिले पर्ख र हेरको अवस्थामा छन्।
विष्णु पन्थीले भने ‘म पार्टी विभाजनको पक्षमा छैन,’ उनले भने, ‘कपिलवस्तुमा समानान्तर समिति अध्यक्ष भएर पनि काम गरेको हुँ। नेता नेपालले राखेका भेलामा पनि काठमाडौंमा म सहभागी थिएँ। तर म पार्टी विभाजनको पक्षमा छैन।’
उनले एमालेभित्रै रहेर १० बुँदे सहमति कार्यान्वयन गर्न पहल गरिराख्ने बताए।अर्का सांसद रमा घर्तीले आफू विभाजनको पक्षमा नरहेको बताइन्।
‘म पार्टी विभाजनको पक्षमा छैन। जनताका लागि राजनीतिक गरेकोले मुलधारको पार्टी र सूर्य चिन्ह छाड्न सक्दिनँ,’ उनले भनिन्।प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश आएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij