देवदह।रास्ट्रिय युवा संघ नेपाल देवदहले नेपाल सरकारले ल्याएको राजनीतिक दल सम्बन्धि अध्यादेशको बिरुद्द मसाल जुलुस निकालेर बिरोध प्रदर्शन गरेको छ।
नेकपा एमाले देवदह पार्टी कार्यालय देवदह ७ बाट निकालिएको मसाल जुलुस खैरेनी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो।
जुलुसमा युवा संघका कार्यकर्ताहरुले देउवा सरकार मुर्दावाद,दल फुटाउने अध्यादेश चाहिदैन,परमादेश सरकार मुर्दाबाद लगायतका नाराहरु लगाएका थिए।
राष्ट्रिय युवा संघ रुपन्देहीका जिल्ला उपाध्यक्ष मनोज गौचनको संचालन तथा केन्द्रीय उपाध्यक्ष सुमन पुरीको प्रमुख आतिथ्यतामा बिरोध र्याली सम्पन्न भएको थियो।
र्यालीमा रास्ट्रीय युवा संघका जिल्ला उपाध्यक्ष बिकास गहतराज,हिरा बहादुर थापा,टिकाराम चापागाईं,झिल्लु प्रसाद न्यौपाने,दिपक चापागाईं लगायत सयौं युवाहरुको सहभागिता रहेको थियो।।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij