मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

विकृति, विसंगति,भष्ट्रचार र विभेदको विरुद्धमा कलम चलाउन पत्रकारहरुलाई सांसद बरालको आग्रह 

विकृति, विसंगति,भष्ट्रचार र विभेदको विरुद्धमा कलम चलाउन पत्रकारहरुलाई सांसद बरालको आग्रह 

images
  • 297
    SHARES

  • images
    images
    images
    विकृति, विसंगति,भष्ट्रचार र विभेदको विरुद्धमा कलम चलाउन पत्रकारहरुलाई सांसद बरालको आग्रह 
    images
    images
    images

    भाद्र ५। पत्रकारहरुमा  बर्केनीङको पछि लाग्ने प्रवृति बढ्न लागेको लुम्बिनी प्रदेशका सांसद सुदर्शन बरालले बताउनु भएको छ । शुक्रबार प्रेस संगठन नेपाल जिल्ला समितिले रुपन्देहीको देवदहमा गरेको प्रथम बैठक लाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । ठुला कर्पोरेट मिडियाहरुले जनतालाई विचारको राजनीतिबाट पाखा लगाउन खोजेको र श्रम जीविहरुको आवाज बुलन्द गराउन कान्तिकारी पत्रकारहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो । देशभरमा भैरहेका विकृति, विसंगति र भष्ट्रचारको विभेदमा कलम चलाउन क्रान्तिकारी  पत्रकार डराउन नहुने बताउदै शासक वर्गले समाजमा भ्रम सिर्जना गरिरहेको र त्यस्ता भ्रमलाई चिर्न प्रेस संगठनका पत्रकार लाग्नुपर्ने बरालले बताउनुभयो ।
    पछिल्लो समयमा साभार गर्ने पत्रकारिताको विकृति रहेको बताउदै सांसद बरालले खोज पत्रकारिता पत्रकारिता गर्ने पत्रकार न्यून रहेको बताउनु भयो । समाजमा रहेको पूँजिवादी विचारको अन्त्य गर्दै समाजवादको यात्रा तर्फ लाग्न पत्रकारहरुलाई  सुझाव दिनुभयो ।
    भेलामा नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला सचिव निर्मल जि. सी, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य रुद्रहरी कुवर, मान सिंह बिस्वकर्मा लगायतले  मन्तव्य राख्नु भएको थियो ।
    बैठकमा संगठनका जिल्ला अध्यक्ष कमल रायमाझीले संगठनका हालसम्मका गतिविधि, आगामी कार्य दिशाका बिषयमा एजेन्डा प्रस्तुत गर्नु भएको थियो। बैठक संगठनका कोषाध्यक्ष संजय लामा गुरुङ्गको स्वागत र जिल्ला सचिव  विष्णु पोखरेलको संचालनमा सम्पन्न भएको थियो  ।

    images
    images

    गुराँस अनलाइन

    He is chief editor of our media and continously working for society.

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij