बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

लुकेर भिडियो खिच्ने तीन युट्युबर पक्राउ, तीन फरार

लुकेर भिडियो खिच्ने तीन युट्युबर पक्राउ, तीन फरार

images
  • 170
    SHARES

  • images
    images
    images
    लुकेर भिडियो खिच्ने तीन युट्युबर पक्राउ, तीन फरार
    images
    images
    images

    झापा । झापाको विर्तामोडस्थित मेची आँखा अस्पताल अगाडिको सीमाना होटलमा खाजा खाइरहेका तीन जना व्यक्तिको गोपनियता भंग हुने गरी भिडियो खिचेर युट्यूबमा प्रसारण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    चरित्र हत्या गर्ने गरी भिडियो खिच्ने उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरे, होटल जंगल भ्यु चारआलीका संचालक हेमराज भट्टराई र सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की रहेका छन् । पिडीत पक्षले घटनामा संलग्न युट्युबर भाष्कर श्रेष्ठ र खगेन्द्र घिमिरे लगायत छ जनाविरुद्ध (बिहिबार) जाहेरी दिएका थिए ।प्रहरीले जाहेरी दर्ता गरे लगतै युट्युबर घिमिरे, भट्टराई र कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष आर्चायले जानकारी दिए ।

    images
    images
    images

    क्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । साथै सो घटनामा संलग्न युट्युबर भाष्कर श्रेष्ठसहित तीन जनाको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, भाद्र ४ २०७८०८:२६:३९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij