मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बदला नलिने वाचा गरेको तालिबानद्वारा प्रान्तीय प्रहरी प्रमुखको हत्या

बदला नलिने वाचा गरेको तालिबानद्वारा प्रान्तीय प्रहरी प्रमुखको हत्या

images
  • 599
    SHARES

  • images
    images
    images
    बदला नलिने वाचा गरेको तालिबानद्वारा प्रान्तीय प्रहरी प्रमुखको हत्या
    images
    images
    images

    काबुल । कुनै पनि सुरक्षा निकायका अधिकारीहरुसँग बदला नलिने तालिबानको घोषणाका बीच अफगानिस्तानका प्रान्तीय प्रहरी प्रमुखको हत्या भएको बताइएको छ।

    प्रमुख जनरल हाजी मुल्ला आचाकजाईलाई गोली हानी मारिएको भिडियो सार्वजनिक भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन।तालिबान लडाकूहरुले खिचेको सो भिडियोमा प्रहरी अधिकारीलाई क्रूरतापूर्वक मारिएको देखिएको छ।

    images
    images
    images

    अफगानिस्तानको सशस्त्र बलमा सेवारत हाजी मुल्ला तालिबानको कब्जामा परेका बेला हेरात शहर नजिकैको बाघिस प्रान्तको प्रहरी प्रमुखको रुपमा कार्यरत थिए।

    सत्ताकब्जा गरेपछि तालिबानले आफ्ना सबै दुश्मनहरुलाई आममाफी दिएको घोषणा गरेको थियो।अब अफगानिस्तान युद्धको भूमि नहुने समेत उनीहरुको प्रतिज्ञा थियो। तर, विभिन्न शहरहरुमा गोली चलेका आवाज सुनिने गरेका छन।

    अफगानिस्तान कब्जा गरेपछि तालिबानले हाल घरघरमा गएर पूर्ववर्ती सरकारका समर्थकहरूको खोजी गरिरहेको छ। एजेन्सी

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, भाद्र ४ २०७८०९:४५:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij