देवदह । राजनीतिक अस्थिरताका कारण देशमा गम्भीर आर्थिक संकट परेको नेपाली कांग्रेसका नेता,नेपाल सरकारका पुर्व राज्यमन्त्री अब्दुल रज्जाकले बताएका छन् । देवदह जेसिजको छैठौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व राज्यमन्त्री रज्जाकले उक्त कुरा बताएका हुन ।
बिगतमा बनेको सरकारले राज्यको ढुकुटी अनियमित रुपमा मनपरी ढंगले प्रयोग गरेका कारण देशलाई थप आर्थिक भार थपिएको भन्दै पुर्व राज्यमन्त्री रज्जाकले अब युवाहरुलाई नेतृत्व दिएर आर्थिक रुपान्तरण गर्नु आवश्यक रहेको बताए ।पुर्व राज्यमन्त्री रज्जाकले देवदह क्षेत्र आफैमा ऐतिहासिक पुरातात्विक क्षेत्र रहेको बताउंदै देवदह क्षेत्रको पहिचानका लागि देवदह जेसिजले गरेको कामको प्रशंसा समेत गरेका छन् ।
कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले युवाहरु अब समाज रुपान्तरणको लागि अग्रसर हुनुपर्ने बताए ।युवाहरुलाई देवदहको विकास र पहिचानका लागि लग्न नगर प्रमुख खत्रीले आग्रह गरे ।कार्यक्रममा कार्यक्रममा नेपाली काग्रेसका नेता बासुदेव रिमाल , देवदह जेसिजका संस्थापक अध्यक्ष विजय गुरुङ, बुटवल जेसिजका अध्यक्ष गोपाल चापागाई,लियो क्लब अफ लर्ड बुद्धका संस्थापक अध्यक्ष दिपेश विक्रम मल्ल, रोटरी क्लब अफ देवदहका संस्थापक अध्यक्ष जय किशन अधिकारी, लियो क्लब अफ देवदहका संस्थापक अध्यक्ष नर बहादुर नेपाली र लायन्स क्लब अफ पाकरी बृक्षकी अध्यक्ष मिना गुरुङ लगायतले बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष जेसी केशव राज पराजुलीको अध्यक्षता र सचिव जेसी दिपक अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij