मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लायन्स क्लब अफ देवदह प्रोफेसनल युथद्वारा रुपा खत्रीलाई आर्थिक सहयोग

लायन्स क्लब अफ देवदह प्रोफेसनल युथद्वारा रुपा खत्रीलाई आर्थिक सहयोग

images
  • 507
    SHARES

  • images
    images
    images
    लायन्स क्लब अफ देवदह प्रोफेसनल युथद्वारा रुपा खत्रीलाई आर्थिक सहयोग
    images
    images
    images

    देवदह। लायन्स क्लब देवदह प्रोफेसनल युथले आर्थिक अवस्था कमजोर भएकी रुपा खत्रीको घरमा खानेपानीको धारा जडान गरिदिने भएको छ। देवदह ७, मदनग्राम निवासी रुपा थापा क्षेत्रीलाई खानेपानीको पाईप र मिटर जडान गर्ने उद्देश्य सहित १२ हजार नगद सहयोग प्रदान गरिएको हो। 

    क्लबका अध्यक्ष लायन्स दिपेश बिक्रम मल्लको अध्यक्षता, देवदह नपा नगर उपप्रमुख श्री विधा लक्ष्मी गुरुङको प्रमुख अतिथ्यतामा, देवदह खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष गुमान सिंह कुँवरको विशिष्ट अतिथ्यता, लायन्स क्लब अफ देवदहका अध्यक्ष बिनोद थापा,बिष्णु ज्ञवाली, त्शिला मल्लको आतिथ्यतामा सहयोग रकम हस्तान्तरण गरिएको हो। 

    images
    images
    images

    यो पनि पढ्नुहोस 

    May be an image of 14 people, people sitting, people standing and outdoors

    बन्ने भयो आर्थिक रुपले बिपन्न रुपा खत्रीको

    https://www.gurasonline.com/news/1615

    कार्यक्रममा अध्यक्ष दिपेश मल्लले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै अपाङ्गताको कारण कष्टपूर्ण जीवन बिताउन बाध्य भएकी रुपा खत्रीको जीवनमा थोरै भए पनि सहजता प्रदान गर्न खानेपानीको पाईप र मिटर जडान गर्ने उद्देश्य सहित सो रकम हस्तान्तरण गरिएको बताउनु भयो ।

    त्यसै गरी प्रमुख अथिति विधा लक्ष्मी गुरुङज्युले आफ्नो धारणा राख्दै अपाङ्गता भएकाहरुको लागि नगरपालिका सदैव सेवा गर्न तत्पर रहेको जानकारी दिनु भएको थियो । सो कार्यक्रममा लायन्स क्लब देवदह प्रोफेसनल युथले आफ्नो सदस्यहरुबाट संकलन गरी रु १२,००० नगद सहयोग प्रदान  गरिएको हो । 

    यस अघि देवदहमा कृयाशील बिभिन्न क्लबहरुले खत्रीको घर निर्माणका लागि जस्तापाता सहयोग गरेका थिए। खत्री शारीरिक रुपमा अस्वस्थ रहेको छिन। 

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij