देवदह। आन्द्राको क्यान्सर र दुबै मृगौला फेल भएर उपचाररत दाङका १९ बर्षिय विशन बुढामगरलाई उपचारमा सहयोग पुर्याउन आयोजित कन्सर्ट बात संकलित रकम बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको छ।
देवदहका दुई युवाहरु लभ्सन बिक र रोशन सुनारको पहलमा संकलित सोमबार एक कार्यक्रम विच पिडितको खातामा जम्मा गरिएको छ । र ३० हजार ३ सय रुपैंया रकम पिडितको परिवारको खातामा जम्मा गरिएको हो।
दाङ उपमहानरपालिकाका उक्त युवाको सामाजिक संजालमा दयनिय अवस्था देखेर आफुहरुले सहयोग अभियान चलाएको लभ्सन बिकले गुराँस मिडियालाई जानकारी दिए। आफुहरुको उक्त अभियानमा देवदहका युवाहरु र सामाजिक सेवा समुह फाउन्डेसन नामक संस्थाले साथ दिएको अभियानका संयोजक लभ्सन बिक ले बताए।
युवाहरुमा सामाजिक भाव पैदा हुनु आफैमा राम्रो रहेको र यसले सामाजिक रुपान्तरणमा सहयोग पुग्ने युवा समाजसेवी अमृत बहादुर फुलेलले बताए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij