मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

एकता मिलाउने नाममा ओलीले घर न घाटको बनाए :नेपाल

एकता मिलाउने नाममा ओलीले घर न घाटको बनाए :नेपाल

images
  • 360
    SHARES

  • images
    images
    images
    एकता मिलाउने नाममा ओलीले घर न घाटको बनाए :नेपाल
    images
    images
    images

    काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले एकलौटी पार्टी कब्जा गरिसकेपछि नयाँ पार्टी खोल्नेबाहेक अर्को विकल्प नदेखिएको बताएका छन् ।

    काठमाडौंको चन्द्रागिरि रिसोर्टमा बसेको प्रस्तावित पार्टीको छलफलमा मंगलबार नेपालले एकता नाममा पार्टी कब्जा गर्ने स्पष्ट नियत ओलीको देखिएकाले आफूहरुले नयाँ विकल्प रोजेको बताए ।

    images
    images
    images

    नेपालले एकता मिलाउने नाममा आफूहरूलाई घर न घाटको बनाउन खोजिएको तर्क गरे । उनले नयाँ पार्टी गठन भए पनि एकता हुन सक्ने धारणा राखे । पार्टी पार्टी निर्माणको प्रक्रिया अघि बढिसकेकाले अव केपी ओलीको दक्षिणपन्थी कित्ता एकातिर र क्रान्तिकारीहरु अर्कातिर पुगेको बताए । अन्य वामपन्थीहरूसँग चुनावी तालमेल पनि हुने र समाजवादको दिशामा अघि बढ्नका लागि भ्रष्टाचारलाई निर्मूल पार्न अघि बढ्ने उनले बताए ।

    तेश्रो धारमा उभिएका नेताहरुप्रति लक्षित गर्दै उनले जेठ दुई गतेका बारेमा चलाइएको चर्चा एमालेमा छिर्ने बहाना मात्र भएको स्पष्ट पारे । नेपालले आफ्नै सहमतिमा अष्टलक्ष्मी शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्री बनेको भन्दै उनले रोज्ने दलका विषयमा भन्ने शाक्यमा नै भर पर्ने जिकिर गरे ।

    नेपालले सनाखतमा लागि २० प्रतिशत भन्दा बढी केन्द्रीय कमिटी र सांसद निर्वाचन आयोगमा जाने दावी गरे । यसबीचमा आफ्नो नयाँ दलप्रति भ्रम फैलाउने काम पनि गरिएको उनले बताए। उनले नयाँ पार्टीको विधि विधानका बारेमा ठण्डा दिमागले छलफल गर्न चन्द्रागिरीमा बैठक राखिएको तर्क गरे ।

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, भाद्र ८ २०७८०८:२०:५१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij