काठमाडौं। तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार सेयर (आईपीओ) आजदेखि जारी गर्दैछ । कम्पनीले भदौ ९ गते बुधबार (आज) देखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो।
कम्पनीले १०० रुपैयाँ अंकित दरका आठ करोड मूल्य बराबरको आठ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। कुल निष्काशनमा आउने आठ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरूका लागि छुट्याइएको छ भने सात लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरूको संख्या धेरै हुने भएकाले न्यूनतम १० कित्ताका लागि आवेदन दिए पुग्नेछ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij