देवदह। देवदह क्षेत्रम संचालित अटो तथा ई -रिक्सा चालकहरुलाई कोरोना बिरुद्दको भ्याक्सिन लगाइएको छ। देवदह क्षेत्रमा संचालित २ सय ५० ई - रिक्सा तथा अटो चालकलाई कोरोना बिरुद्दको भ्याक्सिन लगाइएको हो।
लुम्बिनी ई रिक्सा यातायात व्यवसायी संघको समन्वयमा देवदह शितलनगरको दुर्गा पाञ्चायन मन्दिरको खोप केन्द्रमा कोरोना बिरुद्दको भ्याक्सिन लगाइएको महासचिब प्रेम थापाले बताए।
देवदह क्षेत्रमा ५ सय भन्दा बढी अटो रिक्सा संचालनमा रहेको र पहिलो चरणमा २ सय ५० जना चालकलाई खोप लगाइएको हो। हो। ई रिक्सा चालकलाई खोप संगै दुध पनि खुवाइएको थियो। रिक्सा चालकहरूलाई नेपाली काँग्रेसकाे युवा संगठन तरूण दलका देवदह अध्यक्ष माेहन जिसीले दुधकाे व्यवस्था गरिदिएका हुन । बुधबार २ सय ५० जना रिक्सा चालकलाई खाेप लगाइएकाे देवदह स्वास्थ्य चाैकीका सिनियर अहेव हेमराज कुँवर जानकारी दिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij