मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मेट्रो प्लाजा निर्माणको काम अगाडि नबढाउन विप्लव समूहको चेतावनी

मेट्रो प्लाजा निर्माणको काम अगाडि नबढाउन विप्लव समूहको चेतावनी

images
  • 322
    SHARES

  • images
    images
    images
    मेट्रो प्लाजा निर्माणको काम अगाडि नबढाउन विप्लव समूहको चेतावनी
    images
    images
    images

    काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर ३ लायन्सचोकमा निजी क्षेत्रले बनाउन लागेको भरतपुर मेट्रो प्लाजा निर्माणको बाँकी काम अगाडि नबढाउन विप्लव समूहले चेतावनी दिएको छ।

    विप्लव समूहका चितवनका सेक्रेटरी मीनप्रसाद सापकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा साना तथा मझौला व्यवसायीहरूलाई नकारात्मक असर पुर्याउने गरी कमिसनको खेलमा कर्पोरेट पुँजीलाई राज्यको सम्पत्ति सुम्पिने काम भरतपुर महानगरबाट भएको भन्दै यो कार्यलाई तुरुन्त रोक्न आग्रह गरिएको छ।

    images
    images
    images

    विज्ञप्तिमा भनिएको छ, ‘लायन्सचोकको पुरानो तरकारी बजारमा बहुउद्देश्यीय भवन निर्माण गरी सञ्चालन गर्न ३० वर्षका लागि लिजमा सम्झौता गरी राज्यको स्वामित्वमा रहेको ११ कट्ठा जमिनमा भवन सिलान्याश गरिएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। महानगरपालिका आफैँले निर्माण नगरी नाटकीय प्रतिस्पर्धाका नाममा निजी कम्पनी आर्या बिल्डर्स इन्जिनियरिङ प्रालिलाई दिने कार्य भएकोमा हाम्रो पार्टी घोर आपत्ति प्रकट गर्दछ।’

    विज्ञप्तिमा साना तथा मझौला व्यवसायीहरूलाई नकारात्मक असर पुर्याउने गरी कमिसनको खेलमा कर्पोरेट पुँजीलाई राज्यको सम्पत्ति सुम्पिने यसप्रकारको निर्णय तत्काल रोकी जनसरोकारवालाहरूसँग छलफल गरी नयाँ प्रक्रिया अगाडि बढाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ।

    उक्त भवनको शिलान्यास पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार गरेका थिए। कार्यक्रममा नेकपा एमाले चितवनले समेत सहभागिताा जनाएको थिएन।

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, भाद्र १० २०७८०८:५६:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij