देवदह । लायन्स क्लब अफ देवदहको छैठौं स्थापना दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्थापना दिवसको अवसर पारेर चार्टर्ड मेम्बर तथा अन्य सदस्यहरुलाई क्लवका अध्यक्ष लायन बिनोद थापा मगर र चार्टर अध्यक्ष लायन विष्णु पौडेलद्धारा सम्मान गरिएको थियो । कार्यक्रम होटम ॐ दर्शन एण्ड पार्टी प्यालेसको सभाहलमा भएको थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश सभा सांसद डा कृष्ण न्यौपानेले कार्यक्रममा बोल्दै लायन्स क्लब अफ देवदहले गरेका कामहरूको प्रशंसा गर्नु भएको थियो । उहाँले प्रदेश सरकारबाट यस अघि आँखा अस्पताल संचालनका लागि १० लाख रुपैयां विनियोजन गरेको र आँखा अस्पताल चाडो संचालनमा ल्याउन समेत आग्रह गर्नुभएको थियो। संचालन गर्नको लागि अझै पनि आफुले गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि लायन डिस्ट्रीक चिफ एड्भाईजर लायन उमंग देवकोटाले क्लबले अघि सारेका प्रोजेक्ट सफल पार्न र लायन्स आँझा अस्पताल संचालनमा ल्याउन लायन्स डिस्ट्रीक्र आफ्नो तर्फ बाट पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा लायन्स क्लव अफ देवदहका चार्टर सदस्य माधव रिमाल, लायन्स क्लब अफ देवदह पाकरी वृक्षको संस्थापक अध्यक्ष तथा जोन चेयर पर्सन लायन मिना गुरुङ, लायन्स क्लब अफ देवदहका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्ट डेपुटी चिफि लायन विष्णु प्रसाद पौडेललगाएतले आफ्नो बिचार राख्नुभएको थियो। क्लबका अध्यक्ष लायन बिनोद थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा क्लबको द्धितिय उपाध्यक्ष विष्णु ज्ञवालीले स्वागत र तेश्रो उपाध्यक्ष कृष्णराज पौडेलले धन्यवाद ज्ञापन गरेका थियो । कार्यक्रम द्धितिय उपाध्यक्ष लायन मन बहादुर क्षेत्रीको संयोजकत्व र सचिब लायन सिर्जना ओली सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij