देवदह।विहिबार राति देखि परेको अविरल वर्षाको कारण बाढी तथा पहिरोले देशका विभिन्न स्थानमा जन धनको क्षति पुर्याएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देही र नवलपरासीमा पर्ने दुई ठुला पुल भासिएका छन । रुपन्देहीको देवदहमा पर्ने घोडाहामा पर्ने घोडाहा खोला पुल र पश्चिम नवलपरासीको सुनवलमा पर्ने टुरिया खोला पुल भासिएको हो । त्यसैगरि रुपन्देहीको बुटवल तामनगर क्षेत्र, भैरहवा, देवदह र नवलपरासीको बर्दघाट परासी र सुनवलको अधिकांश बस्ती डुबानमा परेका छन ।

देवदह नगरपालिकामा पनि अधिकांश बस्तीमा बाढीले क्षेति पुर्याएको छ। देवदह ११ को ६० वटा घर भत्किएको छ । उक्त बस्तीमा राप्रपा देवदहले अत्यावश्यक खाद्य सामाग्री चामल,दाल,नुन,तेल,आटा लगायत सामाग्री वितरण गरेको छ। त्य्सिया गरि देवद ८ मा पनि खाद्य सामाग्री वितरण गरिएको हो।

राहत वितरण कार्यक्रममा बोल्दै राप्रपा देवदह नगर समितिका अध्यक्ष माधव रिमालले अकस्मात आईपरेको यो बाढिले गर्दा प्रभावित परिवारलाई केही राहत महसुस होस् भनेर केही दिनको लागि गाँस टार्नलाई खाद्यान्न वितरण गरेको बताउनुभयो । उहाँले नगरपालिकालाई पनि उक्त ठाउको स्थिति बारे बताएको र छिटो भन्दा छिटो आवस्यक कदम चाल्न आग्रह गरेको बताउनुभयो ।
राहत वितरण कार्यक्रममा राप्रपा देवदह ११ का वडा अध्यक्ष दूधनाथ यादव, राप्रपा नेता ज्ञानु तिवारी, कमल प्रसाद गौतम ,विनोद सेन्चुरी लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij