पाल्पा। शनिवार राती देखि परेको अविरल बर्षाका कारण बुटवल पाल्पा सडक खण्ड अबरुद्द भएको छ। पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गत सिद्दबाबा,सिसुवा, हिँउदेखोला,केराबारी,जरेपिपलमा पहिरो खसेका कारण सडक अबरुद्द भएको हो।
बर्षा निरन्तर भैरहेको कारण सडक सुचारु गर्न अबरोध भए पनि सडक संचालनमा ल्याउने प्रयास जारि रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।
त्यसै गरि तानसेन नगरपालिका ७ बर्तुङ चोक नजिक स्थित सिद्दार्थ राजमार्ग पाल्पा बगनासकाली गाउँपालिका ३ धैरेनी स्थति सिद्दार्थ राजमार्ग,पाल्पा गाउँपालिका रम्भा ३ सितापहाड स्थित सिद्दार्थ राजमार्गमा समेत पहिरो खसेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij