बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

प्याब्सन देवदहको पद हस्तान्तरण तथा पहिलो बैठक सम्पन्न

प्याब्सन देवदहको पद हस्तान्तरण तथा पहिलो बैठक सम्पन्न

images
  • 395
    SHARES

  • images
    images
    images
    प्याब्सन देवदहको पद हस्तान्तरण तथा पहिलो बैठक सम्पन्न
    images
    images
    images

    देवदह। देवदह नगर प्याब्सनको पद हस्तान्तरण तथा पहिलो बैठक सम्पन्न भएको छ । देवहह नगर प्याब्सनका  निवर्तमान अध्यक्ष बोधराज गौडेलको अध्यक्षता र प्याब्सन रुपन्देहीका उपाध्यक्ष तथा प्रमुख सल्लाहकार एक नारायण काफ्लेको प्रमुख आतिथ्यतामा उक्त पद हस्तान्तरण तथा बुझबुझारथ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नयाँ कार्य समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै प्रमुख अतिथि काफ्लेले हालसम्म प्याब्सन देवदहले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै अहिले देखिएका चुनौतिहरुको सामना गर्न संगठन अझ बजबुत भएर अगाडि लाग्नुपर्ने बताउनु भयो ।

    त्यसैगरी निवर्तमान अध्यक्ष बोधराज गौडेलले संगठनलाई सही मार्गमा डोर्याउनको लागि आफुले अभिभावकको भूमिका निर्वाह गर्ने बताउनु भयो । त्यसैगरी नव निर्बाचित समितिको पहिलो बैठक अध्यक्ष राम बहादुर गुरूङको अध्यक्षतामा बसी विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्याब्सन देवदहको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष बोधराज गौडेल, बरिष्ठ सल्लाहकारमा एक नारायण काफ्ले तथा सल्लाहकारमा महेश पराजुलीलाई मनोनित गरेको छ । 

    images
    images
    images

    त्यसैगरी बैठकले यस शैक्षिक सत्रमा गर्ने विभिन्न कार्य योजनाहरु प्रस्तुत गर्नुको साथै बैठक सञ्चालन आचार संहिता निर्माण गर्ने समेत निर्णय गरेको छ ।सचिव कृष्ण प्रसाद गैरेको सञ्चालन र कोषाध्यक्ष टिकाराम चापागाईको धन्यवाद ज्ञापनमा बैठक सम्पन्न भएको थियो 

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij