बुटवल। बिगत ६ दिन देखि अबरुद्द बुटवल- नारायणगढ सडक खण्ड संचालनका लागि देवदहको घोडाहामा डाइभर्सन निर्माण कार्य आज देखि सुरु गरिएको छ।
गत भाद्र १० गते राति परेको भिषण बर्षाका कारण देवदहको घोडाहा खोला पुल र नवलपरासी सुनवलको तुरिया खोला पुल भासिएको थियो।त्यसै गरि रुपन्देही र नवलपरासीका थुप्रै ठाउँमा डाइभर्सन बगाएको थियो।
हाल बर्दघाट सुनवल खरेनी बाट सवारी साधनले बैकल्पिक मार्ग प्रयोग गरेर हिडिरहेका छन्। डाइभर्सन निर्माणका लागि एक हप्ता लाग्न सक्ने खबर प्राप्त भएको देवदह प्रहरी चौकीका इन्चार्ज गङ्गा बहादुर सारुले गुराँस मिडियालाई जानकारी दिनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij