देवदह। सामान्यतया समाजमा रिक्सा चालकलाई हेर्ने दृस्टीकोण केहि फरक छ।अझै पनि कतिपय मानिसहरु अटो रिक्सा चालक संग राम्रो व्यवहार नगरेको पाइन्छ। देवदहका अटो रिक्सा चालकहरुले भने केहि फरक अर्थात् सामाजलाई सकारात्मक संदेश दिने कार्य गरेका छन्।
देवदहमा संचालित अटो रिक्सा चालकहरुको संस्थाले बाढीको कारण प्रभावित चालकलाई सहयोग हस्तान्तरण गरेका छन् ।
गत भाद्र १० गते राति परेको भिषण बर्षाका कारण आएको बाढीले प्रभावित भएका देवदह २ का अटो चालक सोम बहादुर थापालाई बुद्द मावली अटो सेवा समितिले २७ हजार र ई - रिक्सा व्यवसायी चालक हित कोषको तर्फ बाट ४ हजार गरि ३१ हजार रुपैंया सहयोग हस्तान्तरण गरिएको हो।
थापा बाढीले घर भत्काए पछि हाल देवदह २ को पेट बानिया आधारभूत बिद्यालयमा आश्रय लिएर बसेका छन्।यस भन्दा अघि पनि बिभिन्न रोग र विपदमा परेका चालकहरुलाई आर्थिक सहयोग गरेको लुम्बिनी ई - रिक्सा यातायात प्रालिका महासचिब प्रेम थापाले बताउनुभयो।
रकम हस्तान्तरण कार्यक्रममा लुम्बिनी ई - रिक्सा यातायात प्रालिका महासचिब प्रेम थापा,बुद्द मावली अटो सेवा समितिका अध्यक्ष घनश्याम भण्डारी, ई - रिक्सा व्यवसायी चालक हित कोषका अध्यक्ष ओम बहादुर ढेंगा लगायतको सहभागिता रहेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij