पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड बन्द हुने भएको छ । राजमार्गअन्र्तगत तानसेन नगरपालिका–८ डुम्रेमा खसेको पहिरो हटाउन बिहीबार र शुक्रबार साँझ ७ बजे देखि बिहान ६ बजेसम्म बाटो बन्द हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा बैठक बसी बिहीबार र शुक्रबार दुई रात एम्बुलेन्स बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइने निर्णय गरिएको छ ।
राजमार्ग क्षेत्रमा खसेको पहिरो नहटाउँदा सवारी साधन आवतजावतमा समस्या परिरहेको हुँदा सडक नै बन्द गरेर काम गर्न लागिएको छ । गत भदौ १० गते राति परेको अविरल वर्षाका कारण पहिरो खस्दा सडक अबरुद्द भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij