मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लायन्स क्लव अफ देवदहको नियमित बैठक तथा लायन्स परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न

लायन्स क्लव अफ देवदहको नियमित बैठक तथा लायन्स परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न

images
  • 282
    SHARES

  • images
    images
    images
    लायन्स क्लव अफ देवदहको नियमित बैठक तथा लायन्स परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
    images
    images
    images

    देवदह । लायन्स क्लव अफ देवदहको नियमित बैठक तथा तीज शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । क्लवको अध्यक्ष लायन बिनोद थापा मगरको अध्यक्षतामा भएको बैठकमा नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको शुभकामना अदानप्रदान गरिनुका साथै भाद्र २० गते आइतबार लियो सँग सहकार्य गरि तीज उत्सव मनाउने गरि क्लवका मेम्बरसिप डाइरेक्टर लायन हिरालाल कंडेललाई संयोजकको जिम्मेवारी दिन निर्णय गरेको छ । साथै लायन्स क्लव अफ देवदहको छैठौँ चार्टर नाईट कार्यक्रमको समिक्षा तथा खर्च अनुमोदन गरिएको थियो भने यहि भाद्र १० गते रातिदेखि देशभर परेको अविरल वर्षाको कारण देवदहमा ठूलो क्षति पुगेको प्रति दुःख व्यक्त गर्दै वास्तविप पिडित परिवारको पहिचान गरि क्लवको तर्फबाट राहत वितरण गर्ने निर्णय गरिएको छ जसको लागि क्लवका तृतीय उपाध्यक्ष लायन कृष्णराज पौडेललाई संयोजनको जिम्मेवारी दिइएको छ ।

    No description available.

    images
    images
    images

    साथै क्लवले डिष्ट्रिक्ट गर्भनरको कार्यक्रम अन्तर्गत लायन्स भिलेज एडप्टको लागि गहन अध्ययन गरि अगाडी बढ्ने निर्णय गरिएको क्लवका सचिव लानन सृजना ओली सापकोटाले बताउनुभयो ।

    No description available.

    लायन्स क्लव अफ देवदहको भवन परिसरमा कामना सेवा विकास बैँक देवदह शाखाले वृक्षरोपण कार्यक्रम समेत सम्पन्न गरेको छ । लायन्स क्लवसँग सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त वृक्षरोपणमा ५३ ओटा अशोका र २ ओटा धुपीको विरुवा रोपिएको कामना सेवा विकास बैँ देवदह शाखाको प्रबन्ध निर्देशक तथा लायन्स सदस्य लायन रवि पौडेले बताउनुभयो । यसभन्दा अगाडी लायन्स क्लव अफ देवदहले विरुवा रोप्ने, संरक्षण तथा हुर्काउने जिम्मेवारी स्वयम्ले लिने गरि जोडी वृक्षरोपण कार्यक्रम सम्पन्न गरिसकेको थियो ।

    No description available.

    बैठक तथा कार्यक्रममा क्लवका पूर्व अध्यक्ष तथा जोन चेयर पर्सन लायन गुमानसिं के.सी., आईपीपी राम बहादुर गुरुगं, लियो अध्यक्ष आयुष पंगेनी लगायतले भनाईहरु राख्नुभएको थियो । बैठक तथा कार्यक्रम क्लवका तृतीय अध्यक्ष लायन कृष्णराज पौडेलज्यूको स्वागत र सचिव लायन सृजना ओली सापकोटाज्यूको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, भाद्र १९ २०७८०७:३२:५४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij