मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

विकृति,विसंगतीका विरुद्ध युवाहरु एकजुट भएर समाज परिवर्तनमा लाग्नुपर्छ:उपप्रमुख गुरुङ

विकृति,विसंगतीका विरुद्ध युवाहरु एकजुट भएर समाज परिवर्तनमा लाग्नुपर्छ:उपप्रमुख गुरुङ

images
  • 530
    SHARES

  • images
    images
    images
    विकृति,विसंगतीका विरुद्ध युवाहरु एकजुट भएर समाज परिवर्तनमा लाग्नुपर्छ:उपप्रमुख गुरुङ
    images
    images
    images

    सुरज भट्टराई,देवदह । रुपन्देहीको देवदहमा कार्यक्षेत्र बनाएर सामाजिक कार्यमा क्रियाशिल हुँदै आइरहेको संगम युवा क्लवले देवदह वडा नं.–३ सेमरानामा क्लबको आफ्नै भवन बनाई उद्घाटन गरेको छ । क्लवले आज क्लव उद्घाटन, रक्तदान तथा दरखाने कार्यक्रम आयोजना गरी देवदह नगरपालिका उपप्रमुख बिद्यालक्ष्मी गुरुङ्गबाट उद्घाटन गराएको हो ।

    No description available.

    images
    images
    images

    उदघाटन कार्यक्रममा बोल्दै देवदह नगरपालिकाकी उप–प्रमुख विद्यालक्ष्मी गुरुङले युवाहरु क्लवमा संगठित भई सामाजिक कार्यमा लागेकोप्रति खुशी ब्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि समेत रहनुभएकी उपप्रमुख गुरुङले गाउँ समाजको विकासका साथै विकृति, विसंगतीका विरुद्ध युवाहरु एकजुट भएर सामाजिक जागरणका लागि लाग्नुपर्ने बताउनुभएको थियो । वहाँले संगम युवा क्लवका हरेक गतिविधि प्रशंसायोग्य भएको भन्दै आगामी दिनमा क्लवको लागि थप आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको थियो ।

    No description available.

    कार्यक्रममा देवदह नगरपालिका वडा नं.–३ का अध्यक्ष बैकुंठ कवंरले आगामी बर्ष क्लव एवं आमा समूहको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको थियो । मायादेवी खानेपानी संस्थाका अध्यक्ष एवं देवदह रेडक्रस सोसाईटीका कोषाध्यक्ष चक्रपाणी तिवारीले आवश्यक परेको बखतमा रेडक्रसले क्लवको अनुरोधमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने समेत प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा संगम युवा क्लबको संस्थापक अध्यक्ष लालबहादुर थापा, पुर्व अध्यक्ष घनश्याम भण्डारी, चाहाना आमा समुहकी अध्यक्ष यममाया ज्ञवाली, कोटही आधारभुत विद्यालयका प्राचार्य रमेश न्यौपाने, समाजसेवी चक्रबन्दु थापा, टोप बहादुर थापा लगाएतले शुभकामनाका भनाईहरु राख्नु भएको थियो ।

    उद्घाटन कार्यक्रमको अवसर पारेर क्लबले देवदह रेडक्रस सोसाइटीको सह–आयोजना तथा परासी रेडक्रसको प्राबिधिक सहयोगमा बृहत् रक्तदान साथै दर खाने कार्यक्रम समेत आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गर्नुभएको थियो । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष र रक्तदान गर्ने रक्तदाताहरु सबैलाई सम्मान गरिएको थियो ।

    कार्यक्रम क्लबका अध्यक्ष कवि ज्ञवालीको अध्यक्षता, द्धितिय उपाध्यक्ष पुर्णकली थापाको स्वागत र सचिव प्रितमकुमार थापा मगर र प्रथम उपाध्यक्ष ज्योति अदाई खाम्चाको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, भाद्र १९ २०७८०८:३३:२८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij