देवदह। देवदह नगरपालिका नगर खेलकुद विकास समितिका संयोजक तथा देवदह नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक चापागाईंले नगर भित्र हुने हरेक प्रकारका खेलकुद सम्बन्धि गतिविधिलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन्।
नेपाल सितारियो कराते - डो देवदह डोजोको आयोजनामा देवदह ४ मा भएको सितोरियो करांते डोजो उदघाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चापागाईंले उक्त कुरा बताएका हुन्। कराते खेल तर्फ पनि देवदह बाट अथाह सम्भावना रहेको बताउंदै चापागाईंले सम्पूर्ण खेलाडिलाई उज्ज्वल भविष्यको कामना व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्य युवा नेता विकास गहतराज,हिरा बहादुर थापा,नारायण लुइँटेल,गंगा बिक करांते प्रशिक्षकहरु उमेश थापा,माधब घिमिरे,योगेश प्रधान लगायतको सहभागिता रहेको थियो।
करांते प्रशिक्षण लिईरहेका १ सय ५० खेलाडी मध्य ७५ खेलाडी अपग्रेड गरिने सितोरियो करांते डोजोका प्रशिक्षक शोभाखर पन्थले जानकारी दिएका छन्।

कार्यक्रम सितोरियो कराते डोजोका प्रशिक्षक बन्धु कुमालको अध्यक्षता र नगर खेलकुद विकास समितिका सदस्य सन्दिप
तिवारीको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij