मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लियो क्लब अफ लर्ड बुद्धको तिज विशेष तथा सम्मान कार्यक्रम सम्पन्न

लियो क्लब अफ लर्ड बुद्धको तिज विशेष तथा सम्मान कार्यक्रम सम्पन्न

images
  • 264
    SHARES

  • images
    images
    images
    लियो क्लब अफ लर्ड बुद्धको तिज विशेष तथा सम्मान कार्यक्रम सम्पन्न
    images
    images
    images
    सुरज भट्टराई,देवदह। रुपन्देहीको देवदहमा लियो क्लब अफ लर्ड बुद्धद्धारा तिज विशेष कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०२०÷२१ का अध्यक्ष सन्दिप तिवारीले आफ्नो कार्यकालमा कार्यक्रम संयोजक भई भूमिका निर्वाह गरेका र हरेक काममा सक्रिय भई खटिएका सदस्यहरुलाई सम्मानपत्रले सम्मान गर्नुभएको थियो । वर्ष २०२०।२१ को मोस्ट भ्यालुएबल सपोर्ट सागर भट्टराई हुनुभएको थियो भने क्लबको वर्ष २०२०।२१ को लियो अफ दि एअर पवन खरेल हुनुभएको थियो ।
     
    कार्यक्रममा सम्बोधन गर्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले सामाजिक कार्यमा सबै युवाहरु उत्साहित भएर लाग्न आब्हान गर्नुभएको थियो । वहाँले आफुले सोचेजस्तो हुँदा हौसिने र नहँदा निराश नभई निरन्तर संघर्ष गरिरहनुपर्ने बताउनुभएको थियो ।
     
    प्रमुख अतिथि समेत रहनुभएको उपप्रमुख गुरुङले तिज एउटा सास्कृतिक पर्व भएकाले यसलाई मौलिक संस्कृतिका रुपमा निरन्तरता दिनुपर्ने बताउनुभएको थियो । वहाँले चाडवाड मनाउँदा अरुले के गर्छ, के भन्छ भनेर होइन, आफुसँग जे छ त्यसैमा खुशीका साथ रमाउन आब्हान समेत गर्नुभएको थियो ।
     
    कार्यक्रममा देवदह नगरपालिका वडा नं.–४ का वडाअध्यक्ष दिपक चापागाईं, लायन्स क्लब अफ बुटवल खसौलीको अध्यक्ष विष्णुप्रसाद उपाध्याय, रिजन १८ का कोडिनेटर किरनसिंह थापा, क्लबका संस्थापक अध्यक्ष दिपेश मल्ल, पुर्व अध्यक्ष गोपाल पाण्डे ,कमल ज्ञवाली, निवर्तमान अध्यक्ष सन्दिप तिवारी, सदस्य मनिसा पाण्डे लगाएतले आफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो ।
     
    खैरेनी स्थित बि टु फाईभ कटेज एण्ड रेस्टुरेन्टको सभाहलमा भएको कार्यक्रम क्लबका अध्यक्ष शंकर पंगेनीको अध्यक्षतामा र क्लबका डाईरेक्टर अनिस पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा क्लबको स्पोर्ट डाईरेक्टर आशिष पोख्रेलले स्वागत र कार्यक्रम संयोजक तथा क्लबका तेश्रो उपाध्यक्ष विवेक कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, भाद्र २० २०७८११:४१:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij