देवदह। रुपन्देहीको देवदह नगरपालिकाले यहि भदौ २७ गते देखि बिद्यालय संचालन गर्ने निर्णय गरेको छ। देवदह नगर समितिको भदौ २० गते बसेको बैठकले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर बिद्यालय संचालन गर्ने निर्णय गरेको हो।

भदौ २७ गते देखि बिद्यालय संचालनको व्यवस्था मिलाउन बिद्यालयहरुलाई अनुमति दिने निर्णय भए अनुसार बिद्यालयहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धि सम्पूर्ण मापदण्ड पालना गर्दै बिद्यालय संचालन गर्ने व्यवस्था मिलाउन आग्रा गरिएको देवदह नगरपालिका शिक्षा शाखाका प्रमुख उप सचिब टिकाराम शर्माद्वारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
बिद्यार्थीहरुको उमेर समूहको लागि भ्याक्सिन बनेको छैन,बिद्यालय क्षेत्र त्यसमा पनि बालबालिका आफैमा संबेदनशील क्षेत्र हो। बिद्यालयहरुले बालबालिकाको स्वास्थ्यको पूर्ण रुपमा ख्याल गर्दै अत्यन्तै जिम्मेवारी पुर्वक पठन पाठनको व्यवस्था मिलाउनु पर्ने देखिन्छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij