सुनवल। पश्चिम नवलपरासीको तुरिया खोला पुल गत १० गते राति आएको बाढीले भत्काए पछि अबरुद्द भएको पुर्व पश्चिम राजमार्ग खुलाउन बेलिब्रिज राखिने कार्य तिब्र गतिमा अगाडी बढेको छ। बिगत १० दिन देखि अबरुद्द पुर्व पश्चिम राजमार्ग संचालनमा ल्याउन तिब्र रुपमा काम भरहेको सडक बिभाग बुटवलले जनाएको छ।

बाढीको कारण देवदहको घोड़ाहा खोला पुल,सुनवलको तुरिया खोला पुल ,तथा थुप्रै ठाउंमा डाइभर्सन भत्किएको थियो। भत्किएको डाइभर्सन मर्मत गरेर सुचारु भए पनि भासिएको पुलको अस्थायी विकल्पको रुपमा सुनवलको तुरिया खोला पुलमा बेलिब्रिज र घोडाहा खोलामा डाइभर्सन निर्माण कार्य भैरहेको छ।
देवदहको घोडाहा खोला मा अबरुद्द सडक सुचारु गर्न का लागि डाइभर्सन निर्माण तिब्र गतिमा भैरहेको र २ देखि ३ दिन भित्र यातायात सुचारु गराउने गरि कार्य भैरहेको सडक बिभागले जानकारी दिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij