मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मगर संसार ग्रुपद्धारा बागलुङका एकै परिवारका ३ अनाथ बालबालिकालाई छात्रवृत्ति प्रदान

मगर संसार ग्रुपद्धारा बागलुङका एकै परिवारका ३ अनाथ बालबालिकालाई छात्रवृत्ति प्रदान

images
  • 673
    SHARES

  • images
    images
    images
    मगर संसार ग्रुपद्धारा बागलुङका एकै परिवारका ३ अनाथ बालबालिकालाई छात्रवृत्ति प्रदान
    images
    images
    images

    बाग्लुङ । मगर संसार फोटो ग्यालरी ग्रुप पेजद्धारा एकै परिवारका ३ जना अनाथ बालबालिकालाई छात्रवृत्ति प्रदान गरिको छ। बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका वडा नं. ५ निसी स्थित एकै घरपरिवारका ३ जना अनाथ बालिबालिकालाई छात्रवृत्ति प्रदान गरिएको हो । 

    मगर संसार फोटो ग्यालरी  पेजको चौथो बार्षिक उत्सवका अवसर पारेर स्टेश्ननरी सामाग्रीहरु कपि,कलम,खाद्यान्न, स्कुल ब्याग ,लत्ताकपडा र रू.२,५००/- सय रकम उक्त बालबालिकालाई प्रदान गरेको छ ।सहयोग रकम मगर संसारका एडमिन सो ठाउँमा जान सम्भब् नभएपछि यस मगर संसार पेजका पुर्व एडमिन तथा पत्रकार कविता घर्ती मगरको सहयोगमा आईतबार हस्तान्तरण गरिएको  हो। 

    images
    images
    images

     

    No description available.

     

    विरामी आमा नरमता पुनमगर आगोमा परेर आर्थिक अभावले समयमै उपचार नपाउदा २ वर्ष अगाडी मृत्यु भएको थियो भने त्यस लगत्तै गत साल बाबा विरमान पुनमगरको पनि एपेन्डिसाईटिस भएर मृत्यु भएको थियो । अभिभावक विहिन बनेका १४ बर्षका जेठा छोरा तुल बहादुर पु्न मगर  ६ बर्षका छोरी तुलमाया पुनमगर र ५ बर्षका थमन पुनमगर स्कुल पढ्न त टाढैको कुरा तत्कालै दैनिकी छाक टार्न समेत मुस्किल भैरहेको खबर पाएपछि मगर संसार फोटो ग्यालरी पेजले छात्रवृत्ति  सोही आमाबाबा बिहीन टुहुरो बाबुनानीलाई छात्रबृति प्रदान गर्ने निर्णय गरेको थियो।

    सहयोग गर्ने निर्णय ४ महिना अगाडीनै भए पनि बिबिध कारणले ढिलो हुन् पुगेको र मगर संसारको यो सानो सहयोग रकमले केहि दिनको लागी भएपनि उनिहरुको मुहारमा छुट्टै खालको खुसि प्रदान हुने बिश्वास गरिएको मगर संसार फोटो ग्यालरी ग्रुपका संस्थापक,अध्यक्ष अनिल लामिछाने मगरले बताउनुभयो। 

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, भाद्र २२ २०७८०८:२८:२५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij