मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

संघीय संसदको अधिवेशन आज देखि सुरु हुँदै,पत्रकारलाई प्रवेश निषेध

संघीय संसदको अधिवेशन आज देखि सुरु हुँदै,पत्रकारलाई प्रवेश निषेध

images
  • 277
    SHARES

  • images
    images
    images
    संघीय संसदको अधिवेशन आज देखि सुरु हुँदै,पत्रकारलाई प्रवेश निषेध
    images
    images
    images

    काठमाडौँ- सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदैछ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको हो ।सर्वोच्च अदालतवाट प्रतिनिधिसभा पुनर्स्थापना भएपछि साउन ३ गते प्रारम्भ भएको अधिवेशन साउन ३२ गते अन्त्य भएको थियो ।

    images
    images
    images

    सदनको यस अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयकका साथै विगतमा जारी गरिएका विभिन्न अध्यादेश छलफल गरी टुंगो लगाउनु पर्ने लगायतका कार्यसूची रहेका संसदसचिवालयले जनाएको छ ।

    मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको बहस चर्किएको अवस्थामा सदन बाट एमसीसी पारित हुने आशंका बढेको छ। सडकमा एमसीसीको बिरुद्दमा व्यापक रुपमा बिरोध भैरहेको छ। 

    कोभिडको कारण देखाउदै संसद भवन भित्र पत्रकारलाई प्रवेश निषेध गरिएको खबर सार्बजनिक भएको छ। 

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, भाद्र २३ २०७८१०:३५:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij