काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा सुमार खुमलटार पुगेकी छिन् । एमसीसी सम्झौताबारे पछिल्लो अवस्था बुझ्न बिहीबार नेपाल आएकी सुमार नेतृत्वको टोलीले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गरेकी थिइन् । उनले नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि भेट गरेकी थिइन् । प्रचण्डसंगको भेटमा उनले सम्झौता अनुमोदनका लागि राजनीतिक वातरवरण बनाउनका लागि गर्ने बुझिएको छ । प्रचण्डले यथास्थितिमा कुनै पनि हालतमा एमसीसी सम्झौता पास नहुने अडान लिदै आएका छन् । सुमारले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्दैछिन् । २०७४ भदौ २९ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार र एमसीसीबीच करिब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोग सम्बन्धी सम्झौता भएको थियो । सम्झौता अनुमोदन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० मा प्रतिनिधिसभामा दर्ता गराएको थियो । तर दलहरूबीच सहमति हुन नसक्दा संसदबाट अनुमोदन हुन सकेको छैन ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij