मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

अनेरास्ववियु (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसकाे इकाई अध्यक्षमा ज्ञवाली

अनेरास्ववियु (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसकाे इकाई अध्यक्षमा ज्ञवाली

images
  • 328
    SHARES

  • images
    images
    images
    अनेरास्ववियु (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसकाे इकाई अध्यक्षमा ज्ञवाली
    images
    images
    images

    बुटवल । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसकाे छैठाैं इकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले बिष्णु प्रसाद ज्ञवालिकाे अध्यक्षतामा ४१ नयाँ कार्य समिति सदस्यीय मूल ईकाई कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा गोपाल भण्डारी,खिमराज गिरि,बिष्णु भुसाल,बिशाल पौडेल र सचिबमा रिया बस्नेत, सहसचिबमा निमा गिरि, दिपक खत्री ,सम्झना ढकाल र कोषाध्यक्षमा संगम खवास र सदस्य हरुमा रमेश बि.क ,चामणि बेल्वासे रिता अर्याल ,अस्मिता पन्थि ,जिवन पाेख्रेल लगायत ४१ सदस्यहरु रहेका छन । उक्त कार्यक्रममा बाेल्दै अ.ने.रा.स्व.वि.यू. (क्रान्तिकारी) का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयाेजक नारायण खनालले समाजबादि शिक्षा आजकाे आबाश्यकता भन्दै बिध्यार्थी राजनितिमा पनि सामाजबादि शिक्षाकाे महत्वपुर्ण भुमिका रहेकाे बताए । त्यस्तै माओबादी केन्द्रका रुपन्देही संयाेजक निर्मल जिसिले देश र समाज परिवर्तन र रुपान्तरणमा बिध्यार्थी हरुले जति सुकै ठुलाे याेगदान गरे पनि बिध्यार्थीले गरेका काम र याेगदानका बिषयहरुलाई जनमानसमा पुर्याउन सकेका छैनाै । त्यसकारण हामी ओझेलमा परेका छाै तर आगामी दिनहरुमा नयाँ चुनिएका पदाधिकारिहरुले बिध्यार्थीकाे शैक्षिक क्रान्ति बारे संगठित भएर लाग्न प्रेरित गर्दै नयाँ कार्यसमिति लाई बधाई दिए । त्यस्तै माओबादि केन्द्र केन्द्रीय प्रतिनिधि तथा रुपन्देहि ईन्चार्ज टंकमणि शर्माले पनि अहिले देशमा आईरहेकाे जटिल समस्या मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का बिरुद्ध पनि बिध्यार्थी हरुले बिभिन्न क्षेत्रहरुबाट बिराेध प्रद्धर्शन गरिरहेका छन । यसमा पनि बिध्यार्थी हरुकाे निकै ठुलाे भुमिका रहेकाे दाबि गर्दै अबकाे क्रान्ति बिध्यार्थीकाे हकहित र अधिकारमा मात्र निहित नरहि समग्र देशलाई समृद्ध तिर लाैजाने मागर्दशककाे रुपमा काम गर्नुपर्ने बताए । अर्का वक्ता लुम्बिनी प्रदेश सह-संयोजक अनुप पोख्रेलले पनि अरु संगठनले पैसाकाे आडमा गुडागर्दी शैलिमा क्याम्पसमा राजनिति गरेर क्याम्पस प्रशासन कब्जा गरिरहेका छन । क्याम्पस स्वंयमले व्यबस्थापनमा बिभिन्न कमिकमजाेरिहरु बेथिति हरु गरिरहेकाे छ यस्ता नकारात्मक हर्कत हरुकाे बिरुद्धमा बिध्यार्थी अन्दाेलन आबाश्यक रहेकाे बताँउदै शैक्षिक क्रान्तिमा बिध्यार्थीहरुकाे आन्दोलन जारिनै रहन्छ र बिध्यार्थीकाे क्षेत्रअधिकार भित्र रहेका अधिकार प्राप्तिका लागि बिध्यार्थीले संबन्धित निकायलाई सधै खबरदारि गर्नेु पर्ने बताए । उक्त सम्मेलनमा बिशिष्ट अतिथि माओबादी केन्द्रका रुपन्देहीका ईन्चार्ज टंकमणि शर्मा, संयोजक निर्मल जिसि र प्रमुख आतिथिमा, अखिल नेपाल स्वतन्त्र बिध्यार्थी यूनियन (क्रान्तिकारी) का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयाेजक नारायण खनाल , लगायत अतिथिमा लुम्बिनी प्रदेश सह-संयोजक अनुप पोख्रेल, बिध्यार्थी फ्याक्सन ईन्चार्ज चेतन भण्डारी, पुष्पराज ढकाल माओबादी केन्द्र नगर सचिब नारायण बन्जाडे लगायत बिध्यार्थी नेताहरुकाे उपस्थिती रहेकाे थियाे थियो । कार्यक्रम टेकराज रेग्मीकाे अध्यक्षतामा र बिष्णु प्रसाद ज्ञवालीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, भाद्र २६ २०७८०९:०८:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij