भदौ २६ । राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष एवम् संविधान सभा सदस्य विनोद पहाडीले सरकारी स्वामित्वका सञ्चारमाध्यम पुनसंरचना गर्न आवश्यक रहेको बताएका छन । शनिबार बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेश समिती, राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देही शाखा, रेडियो जागरण बुटवल र सृजनशिल सहयात्री समुह बुटवलको संयुक्त आयोजनामा भएको आमसञ्चारमा समावेशीकरण बिषयक अन्तरक्रिया तथा बधाई कार्यक्रमा बोल्दै सरकारी संञ्चारमाध्यममा राज्यका सबै भुगोल र समुदायको प्रनिभित्व सुनिश्चित हुनु पर्ने बताए । उनले सञ्चारमाध्यममा दलित तथा सिमान्तकृत समुदायको अनिवार्य प्रतिनिधित्व हुन सकेका खण्डमा मात्रै दलित समुदायको अधिकार स्थापित गर्न मद्धत पुग्नेमा जोड दिए । अध्यक्ष पहाडीले माओवादी जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेललाई राज्यले उचित सम्मान गर्न नसकेको दुखेसो गरे । शहिदको बलिदाब्वनीको जगमा स्थापित व्यवस्थामा शाषन गर्ने नेताहरुले गरीबको पिडा कहिल्यै नबुझेको बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीका प्रेस सल्लाहाकार मान सिं बिश्वकर्माले सबैलाई समेटेर अघि वढ्ने बताए । सिमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्ति प्रदेशको मुख्यमन्त्रीको प्रेस सल्लाहाकार हुनु आन्दोलनको उपलब्धि भएको बताए । माओवादी जनयुद्धको बलमा स्थापित संविधान र गणतन्त्र संस्थागत गर्न लागि पर्नु पर्नेमा उनको जोड थियो । लुम्बिनी प्रदेश सभामा पेश भएको सञ्चार विधेयक पुर्नलेखन हुने जानकारी दिए । उनले सञ्चारमाध्यममा दलित समुदायको उपस्थीत हुने अवस्था कै कारण आफु मुख्यमन्त्रीको प्रेस सल्लाहाकार भएको बताए । मुद्धा समेटिन जसको सवाल उसैको नेतृत्व हुनु आवश्यक रहेको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले लुम्बिनी प्रदेशलाई कसरी सञ्चारमैत्री बनाउन सकिन्छ भन्ने बिषयमा पहल गर्न सुझाब दिए । उनले पत्रकारहरुको क्षमता बृद्धिमा प्रदेश सरकारले भुमिका खेल्नु पर्नेमा जोड दिए । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष विनोद परियारले प्रतिनिधित्व बृद्धि नभए सम्म मुद्धा बलियो नहुने बताए । दलित समुदायको आवाज मुखरीत गर्न सञ्चार माध्यममा दलित समुदायका व्यक्तिहरुको पहुँच निर्माण गर्नु आवश्यक रहेको उनको भनाई थियो । उनले सरकार दलित समुदाय बिचको सेतुको काम गर्न प्रेस सल्लाहाकार बिश्वकर्मालाई आग्रह गरे । प्रेस संगठन नेपाल लुम्बिनीका सह–संयोजक गुनाराम घिमिरेले जहाँ पुगे पनि पृष्ठभुमि भुल्न नहुनेमा जोड दिए । अधिकांश नेताहरुको सत्तामा पुगेपछि आफ्नो धरात छाड्ने समस्या रहेको उल्लेख गर्दै सजग रहन आग्रह गरे । कार्यक्रममा अधिकारकर्मी हरी बम्रेल प्रेस मञ्चका केन्द्रिय सचिव टोपराज शर्मा, क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) रुपन्देही अध्यक्ष कल्पाना तिवारी, प्रेस संगठन नेपाल रुपन्देहीका सचिव बिष्णु पोख्रेल र राष्ट्रिय दलित पत्रकार संघ नेपाल उपत्यका समन्वय समिती अध्यक्ष शुशिल दर्नालले बोल्दै दलित समुदायको पहुँच निर्माण गर्न समावेशी राज्यप्रणालीको कार्यान्वयन हुनु पर्नेमा जोड दिए । सो अवशरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको प्रेस सल्लाहाकार नियुक्त भएका मान सिं बिश्वकर्मालाई खादा र प्रमाणपत्रले सम्मान गरीएको थियो । कार्यक्रम राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेश समिती अध्यक्ष चिन्ता परियारको अध्यक्षता र सचिव सञ्जय सौगात बिश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij