मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

समृद्ध मुलुक निर्माणका लागि युवाहरूको भुमिका अपरिहार्य :सांसद न्यौपाने

समृद्ध मुलुक निर्माणका लागि युवाहरूको भुमिका अपरिहार्य :सांसद न्यौपाने

images
  • 268
    SHARES

  • images
    images
    images
    समृद्ध मुलुक निर्माणका लागि युवाहरूको भुमिका अपरिहार्य :सांसद न्यौपाने
    images
    images
    images

    देवदह । लुम्बिनी प्रदेशका प्रदेश सांसद डा.कृष्ण न्यौपानेले मुलुक समृद्द बनाउन युवाहरूको भुमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ। रूपन्देहीको देवदहमा लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको चार्टड नाईट कार्यक्रममा बोल्दै युवाहरूमा समाज रूपान्तरण गर्न सक्ने अथाहा शक्ति रहेको बताएका हुन । उनले युवाहरूले चाहेका खण्डमा देशको नेतृत्व गर्न सक्ने बताए । डा.न्यौपानेले युवाहरू विदेश पलाएन हुने समस्या देशको प्रमुख समस्याको रूपमा रहेको उल्लेख गर्दै युवाहरूलाई देशमै स्वरोजगार बनाउनु पर्नेमा जोड दिए । उनले उद्यम गर्न चाहाने युवाहरूलाई सहयोग गर्ने प्रतिवद्दता जनाए । युवाहरूलाई स्थानिय प्रदेश र संघिय सरकारले सहयोग गर्ने डा.न्यौपानेको आश्वास थियो । देवदह उपप्रमुख विद्यालक्ष्मी गुरूङले युवाहरूलाई राजनितिमा आउन आग्रह गरीन । समाज रूपान्तरणको प्रमुख माद्यम राजनिति भएका कारण राजनितिमा लाग्नु पर्नेमा उनको जोड थियो । उपप्रमुख गुरुङले समाज परिवर्तनको नेतृत्व लिन युवाहरू संग आग्रह गर्दै आफू सधैँ युवाहरूको साथमा रहेको बताइन । लायन्स क्लबका एक्सटेन्सन चेयर पर्सन श्याम कुमार बश्यालले लायन्स क्लबले नेतृत्व जन्माउन सफल भएको बताए । उनले लायन्सका सदस्यहरू राज्यको विभिन्न ओहोदामा पुग्न सफल भएको बताए । कार्यक्रममा लायन्स क्लब अफ देवदहका संस्थापक अध्यक्ष बिष्णु प्रसाद पौडेल, नागरीक समाज देवदहका अध्यक्ष कृष्ण प्रसाद पौडेल, लायन्स क्लब अफ देवदहका अध्यक्ष विनोद थापा मगर, लायन्स क्लब अफ देवदहका पुर्व अध्यक्ष राम बहादुर गुरूङ, लायन्स क्लब अफ पाकरी बृक्षका अध्यक्ष मिना गुरूङ र लायन्स कलबका ऋषिराम सापकोटाले बोल्दै युवाहरू समाजको सकारात्मक परिवर्तनमा लाग्नु पर्ने बताए । सो अवशरमा क्लबलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरीएको थियो । कार्यक्रम क्लबका अध्यक्ष दिपेशबिक्रम मल्लको अध्यक्षता र सचिव कबि थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।  

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, भाद्र २७ २०७८०९:२९:०४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij