देवदह ।कोरोना भाइरस(कोभिड १९) बिश्वब्यापी महामारीको रुपमा फैलिए पछि उद्योग,कलकारखाना,यातायात,विद्यालय देखि लिएर हरेक क्षेत्रमा प्रत्यक्ष रुपमा असर पर्यो।कोरोना संक्रमणको पहिलो भेरियन्ट र दोस्रो भेरियन्ट नेपालमा पनि भित्रिएपछि औद्योगिक, आर्थिक,शैक्षिक आदि क्षेत्र प्रभावित बन्न पुगे। कोरोना संक्रमण तिब्र गतिमा फैलिएको र नियन्त्रणका लागि लक डाउन हुँदा विद्यालय क्षेत्र प्रभावित भए,अनलाइन माध्यमलाई बैकल्पिक शिक्षाको रुपमा प्रयोग गरिए पनि भौतिक उपस्तिथिमा पठनपाठन हुन सकेन। विभिन्न उमेर समूहका नागरिकहरुले खोप लगाए पछि र कोरोना संक्रमणको जोखिम कम भए पछि देशका विभिन्न जिल्लाका विद्यालयहरुमा पठनपाठन सुरु भएको छ । रुपन्देहीको देवदह नगरपालिकाले पनि स्वास्थ्य मापदण्डको पुर्ण रुपमा पालना गरि भौतिक रुपमा पठनपाठन सुचारू गर्न अनुमती दिए पछि देवदहका विद्यालय आज देखि संचालनमा आएका छ्न। लामो समय पश्चात् बिद्यालय खुले पछि देवदहको केरवानी उच्च माध्यामिक विद्यालयमा विद्यार्थीहरु उत्साहजनक रुपमा उपस्तिथि भएको विद्यालयका प्राचार्य दुर्गादत्त शर्माले गुराँस मिडिया सङ्गको कुराकानीमा बताउनु भएको छ।आज पहिलो दिन ६० प्रतिशत विद्यार्थी उपस्थित भएको र भर्ना हुन ५० प्रतिशत बाकी रहेको अवस्थामा विद्यालय संचालन आएको पहिलो दिनमै उल्लेख्य रुपमा विद्यार्थी भर्ना हुन आएको प्राचार्य शर्माले बताउनुभयो।स्वास्थ्य मापदण्डको पुर्ण रुपमा पालना गरि विद्यालय संचालन भएको प्राचार्य शर्माले बताउनु भयो। त्यसैगरी देवदहको सगरमाथा बोर्डिङ स्कुलमा पनि आज पहिलो दिन ६० प्रतिशत भन्दा बढी विद्यार्थी उपस्थित भएको प्राचार्य कृष्ण प्रसाद पौडेलले बताउनुभयो।लामो समय पछि विद्यालय खुल्दा र्विद्यार्थीहरु उत्साहित भएको प्राचार्य पौडेलले गुराँस मिडियालाई बताउनुभयो। देवदहकै लुम्बिनी बोर्डिङ स्कुलमा पनि ८० प्रतिशत भन्दा बढी विद्यार्थी उपस्तिथि भएको प्राचार्य बिनोद थापा मगरले बताउनुभयो।विद्यार्थीहरु विद्यालय आउन पाउँदा अत्यन्तै हर्षित भएको र अभिभावक पनि पठनपाठन सुरु भए पछि खुसि भएको थापाले बताउनुभयो।विद्यार्थीहरु घरमै गुम्सेर बस्दा आत्तिएको कारण पठनपाठन सुरु भए सङ्गै घुलमिल बढ्ने र सकारात्मक फाइदा हुने थापाले बताउनु भयो। त्यसै गरि देवदहको मदर टङ्स एकेडेमीमा पनि आज पहिलो दिन ६० प्रतिशत विद्यार्थी उपस्थित भएको र विद्यार्थीमा छुट्टै खालको उत्साह जागेको मदर टङ्स एकेडेमीका प्राचार्य राम बहादुर गुरुङले बताउनु भयो।विद्यार्थीहरु विद्यालय संचालन हुने भए पछि बिहान ८ बजे देखीनै ड्रेस लगाएर विद्यालय आउने तयारी थालेको आफुले देखेको बताउदै प्राचार्य गुरुङले पठनपाठन सुरु भए सङ्गै विद्यार्थी,अभिभावक खुसी भएको बतानुभयो। देवदहको ग्रीन प्लान्ट विद्यालयमा पनि ६० प्रतिशत भन्दा बढी विद्यार्थी उपस्थित भएको प्राचार्य राजिव सापकोटाले बताउनुभयो।विद्यालय संचालनमा आए सङ्गै विद्यार्थीहरु उत्साहित भएको प्राचार्य सापकोटाले बतानुभयो। देवदहमा सामुदायिक विद्यालय ३० र निजि विद्यालय १७ वटा रहेको छ।सबै विद्यालयहरुमा आज देखि भौतिक उपस्थितमा पठनपाठन सुरु भएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij