#दुर्घटना
नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी ज्यान गुमाएका तीन जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिबासगढका अन्दाजी ७० वर्षीय योगमाया सुवेदी, कन्चनपुरका ४० वर्षीय रंगी तिरुवा र कन्चनपुरकै ३५ वर्षीय कृष्ण राना रहेका छन् । मंगलबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते २४ मध्ये २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलीपकुमार गिरीले बताए । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij