शिक्षा
देवदह । बाल दिवसकाे अवसरमा आयाेजित अन्तर विद्यालयस्तरीय वादविवाद प्रतियाेगितामा सगरमाथा आवासिय माविकी सन्ताेषी सापकाेटा प्रथम भएकी छन । ५७ ओैँ राष्ट्रिय बाल दिवसकाे अवसरमा देवदह नगरपालिकाले आयाेजना गरेकाे "बालबालिकाकाे भविष्य निर्माणमा विद्यालयकाे भुमिका भन्दा घरपरिवारकाे भुमिका वढी हुन्छ" भन्ने बिषयमा भएकाे अन्तर माध्यामिक विद्यालयस्तरीय वादविवाद प्रतियाेगितामा १३६ अंक सहित प्रथम भएकी हुन । प्रतियाेगितामा १३२ अंक सहित ग्रीनप्लान्ट आवासिय माविकी चन्द्रकला पाण्डेय द्वितिय १२३ अंक सहित सेभेनस्टार आवासिय माविकी करिस्मा मैनाली र १०९ अंक सहित भविष्य निर्माण माविका आयुश पाण्डेय सान्त्वना भएकाे निर्णायक मण्डलका संयाेजक डा. हिरण्यलाल ज्ञवालीले जानकारी दिए । २०० पुर्णाक राखिएकाे प्रतियाेगितामा १२ विद्यालय सहभागी भएका थिए । प्रतियाेगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने प्रतियाेगिहरूलाई क्रमश ५ हजार ३ हजार २ हजार १ हजार र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियाेगितामा बुटवल बहुमुखी क्याम्पसका प्रध्यापक डा.हिरण्यलाल ज्ञवाली र सह-प्राध्यापक टेक राज अर्यालले निर्णायककाे भुमिका निर्वाहा गरेका थिए । कार्यक्रममा बाेल्दै देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले बालबालिकाकाे नेतृत्व विकासका लागि नगरपालिकाले पहल गरीरहेकाे बताए । उनले बालबालिकाकाे अधिकार हनन हुन नदिन सचेत हुनु पर्नेमा जाेड दिए । बालमैत्री नगर घाेषणा गर्न नसकेकाे बिषयमा नगरपालिकाकाे बचाउ गर्दै मेयर खत्रीले बालमैत्री घाेषणा नगरे पनि काम गरीरहेकाे दाबी गरे । साे अवशरमा देवदह उप-प्रमुख विद्यालक्ष्मी गुरूङ, प्रमुख प्रशाषकिय अधिकृत डिल्लीराज वेलवासे र बालसञ्जालकी प्रमुख सल्लाहकार वविता भट्टराईले बाेल्दै नगरपालिकाले बालबालिकाे क्षेत्रमा अझै काम गर्न बाँकी रहेकाे बताए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij