मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह मदर टङ्गस एकेडेमीले विविध कार्यक्रम गर्दै मनायो ५७ ओैँ राष्ट्रिय बाल दिवस

देवदह मदर टङ्गस एकेडेमीले विविध कार्यक्रम गर्दै मनायो ५७ ओैँ राष्ट्रिय बाल दिवस

शिक्षा

images
  • 576
    SHARES

  • images
    images
    images
    देवदह मदर टङ्गस एकेडेमीले विविध कार्यक्रम गर्दै मनायो ५७ ओैँ राष्ट्रिय बाल दिवस
    images
    images
    images

    देवदह । ‘सामान्य अवस्था वा कोभिड महामारी, बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नारासहित मनाइएको ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा देवदह मदर टङ्गस एकेडेमीले पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । कोभिडका कारण लामो समय घरभित्रै बन्दी बनेर बस्न वाध्य बालबालिकाहरुले विद्यालय सञ्चालनसँगै रमाउदै बालदिवस मनाउन पाउँदा निकै हर्षित देखिएको शिक्षिका ज्ञानुकला न्यौपानेले बताउनुभयो । साप्ताहिक क्रियाकलाप प्रमुख मधुसुदन दिशामगरको अध्यक्षतामा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा कक्षा ६ , ७, ८ ,९ र १० मा क्रमशः बसन्त थापा, तृष्णा सिंह ठकुरी, एन्जिला चौधरी, दिव्य सुनार र जिबन दाहाल प्रथम भएका छन् । त्यसैगरी बेलुन ब्लास्ट प्रतियोगितामा नर्सरीबाट आयन पल्ली प्रथम, अमृत राना द्वितीय र श्रेजल सिंजाली तृतीय भएका छन् । सोही खेलमा कक्षा एलकेजी लिलीबाट आशिया गुरुङ्ग प्रथम, योजन गुरुङ्ग द्वितीय र गौरव आचार्य तृतीय भएका छन् । एलकेजी रोजबाट सृटि सुनारी प्रथम, यनुशा बि.क.द्वितीय र सेजल बि.क.तृतीय भएका छन् । त्यसैगरी यूकेजी रोजबाट अभिशेक गुरुङ्ग प्रथम, दिव्य थापा द्वितीय र दिप्सन थापा तृतीय भएका छन् भने लिलीबाट बिनम गुरुङ्ग प्रथम, क्रिष्टिन गुरुङ्ग द्वितीय र प्रिती थापा तृतीय भएका छन् । कक्षा ४ मा आयोजना भएको चित्रकला प्रतियोगितामा रोजबाट सृष्टि सुनार, सक्सेज सुनार र सुजता बि.क क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने लिलीबाट लेजु गाहा, समर गुरुङ्ग र कुशल दाहाल क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । विद्यालयका भाइस प्रिन्सिपल यमलाल शर्माको प्रमुख आतिथ्यता, देवराज गुरुङ्ग, सुबास ज्ञवाली र पिन माया गुरुङ्गले निर्णायकको भूमिका निर्वाह गर्नु भएको उक्त कार्यक्रम अतिरिक्त विभाग प्रमुख कृष्ण आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, भाद्र २९ २०७८०९:०४:४३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij