यातायात
बुटवल ।पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत बुटवल नारायणगढ सडक खण्ड पुर्ण रुपमा संचालनमा आएको छ । गत भदौ १० गते आएको भीषण बर्षाका कारण भासिएको सुनवलको तुरिया खोला पुलमा बेलि ब्रीज निर्माण भए पश्चात् २० दिन पछि बुटवल नारायणगढ सडक खण्ड पुर्ण रुपमा सुचारू भएको छ ।तुरिया खोला पुल सङ्गै क्षेतिग्रस्त बनेको देवदहको घोडाहा खोला पुलमा डाइभर्सन बनाएर ५ दिन अघि यातायात सुचारु गरिएको थियो। पुर्ब पश्चिम् राजमार्गको घोडाहा खोला पुल र सुनवलको तुरिया खोला पुल भासिए पछि बैकल्पिक मार्ग प्रयोग गरेर यातायातका साधनहरु आवातजावत गरिरहेका थिए। यद्यपि अहिले पनि उक्त बेलि ब्रीज बाट एक पटकमा एउटा मात्र सवारीसाधन चलाउन र ठुला मालबाहक गाडिलाई प्रवेश निषेध गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij