मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आज मिति २०७८ भदौ ३१ गते बिहीवार, श्री मनकामना माताको को दर्शन गरि राशिफल हेर्नुहोस।

आज मिति २०७८ भदौ ३१ गते बिहीवार, श्री मनकामना माताको को दर्शन गरि राशिफल हेर्नुहोस।

राशिफल

images
  • 373
    SHARES

  • images
    images
    images
    आज मिति २०७८ भदौ ३१ गते बिहीवार, श्री मनकामना माताको को दर्शन गरि राशिफल हेर्नुहोस।
    images
    images
    images

    श्री शाके १९४३ बि.स.२०७८ साल भाद्र ३१ गते बिहिवार इश्वी सम्बत २०२१ सेप्टेम्बर १६ तारीख भाद्र शुक्लपक्ष, नक्षत्र: पूर्वाषाढा ६:४७ बजेदेखि उत्तराषाढा , २९:३८ बजे उप्रान्त धनिष्ठा, तिथि: दशमी , १०:२१ बजे उप्रान्त एकादशी, करण: गर १०:२१ बजेदेखि वणिज , २१:२३ बजे उप्रान्त वालव, योग: शोभन , २५:०० बजे उप्रान्त अतिगण्ड (ज्यो.प.सरोज घिमिरे) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ । आज मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – अस्वस्थताले काममा ढिलासुस्ती हुनेछ भने अप्रिय समाचारले निराश तुल्याउन सक्छ । पढाइ लेखाइमा समय दिन नसकिएला पति पत्नीबीच घरसल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – धेरैलाई लाभ हुने कार्य गर्ने मौका छ । भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ । सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ ।नया काममाा हातामा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नु पर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन् । बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आर्जित धन तत्काल खर्च गर्नुपर्ला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । आजको काममा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । पहिलेका समस्या दोहोरिन सक्छन् । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – अल्छी गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ । पारिवारिक असमझदारी बढ्न सक्छ । मान–सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – व्यापारमा नसोचेको फाइदा उठ्ने देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन समस्या पर्ला । यात्राको पनि योग रहेको छ । नयाँ काममा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइ लेखाइमा पनि समय दिन नसकिएला ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, भाद्र ३१ २०७८०६:५४:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij